coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

काठमाडौं – विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ।

गएराति घरेलु मैदान एलिनाज रिभेरामा भएको खेलमा फ्रान्सलाई विजयी गराउन ८ औं मिनेटमा सामुयल उम्टिटी, २९ औं मिनेटमा एन्टोनी ग्रिजम्यान र ६३ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गरे। पराजित टोली इटालीका लागि भने ३६ औं मिनेटमा लियोनार्दो बोनुचीले एक गोल फर्काए। योसँगै फ्रान्सले विश्वकपमा आफ्नो दाबेदारी प्रस्तुुत गरेको छ।

त्यस्तै रातिनै सम्पन्न खेलमा अस्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो। अष्ट्रेलियाको जितमा खेलको ३२ र ७२ औं मिनेटमा म्याथ्यू लिकी, ५४ औं मिनेटमा एन्ड्रयू नाबोट र ८० औं मिनेटमा चेकका ज्याकुब जुगासले एक आत्मघाति गोल गरेका थिए। यो विश्वकपमा इटाली र चेक गणतन्त्र सहभागी छैनन्।

त्यस्तै अन्य खेलहरूमा बोस्नीया एण्ड हर्जगोभीनाले साउथ कोरीयालाई ३–१, जर्जीयाले माल्टालाई १–० ले पराजित गर्दा टुनीसिया र टर्कीले २–२ र इजिप्ट र कोलम्बियाले गोल रहित बराबरी खेलेका छन्। 

प्रकाशित: १९ जेष्ठ २०७५ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App