coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको अदालतमा आक्रमण १० को मृत्यु, ४० घाइते

पेसावर — पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ। 

पाकिस्तानमा भएका पछिल्ला केही आक्रमणहरु कानूनी क्षेत्र लक्षित रहेको छ। विहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्यगरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। 

यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको समेत मृत्यु भएको सिहजादले बताएका छन्। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्ता पछाडी पुनः आक्रमण भएको छ। क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौ वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

आतङ्ककारीहरु ले शुक्रबार नै प्रान्तीय राजधानी पेसावर भएको खैवर पख्तुनख्वा प्रान्तको क्रिश्चिन कोलोनीमा पनि आक्रमण गरेका छन्। यस आक्रमणको विस्तृत विवरण भने प्राप्त भएको छैन।

 

प्रकाशित: १७ भाद्र २०७३ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App