७ वैशाख २०८१ शुक्रबार
अर्थ

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

महोत्तरी- जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ। 

गृहन्त्रालयको निर्देशनबमोजिम निर्माण कार्यको ठेक्का लिएर समयमै काम पूरा गर्न नसकेका र अटेर गर्ने ठेकेदार कम्पनीहरुको बुधबारसम्म नामावली संकल्न गरी गृह मन्त्रालयमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए। 

जनताको तटबन्धको फिल्ड कार्यालय महोत्तरी, डिभिजन सडक कार्यालय जनकपुर, भूमिगत जल सिँचाई विकास डिभिजन महोत्तरी जलेश्वर र जनककपुर परिक्रमा सडक अन्तर्गतको १७ वटा निर्माण कार्यको ठेक्का लिएर समयमै काम पूरा नगरेको र अटेर गरी बसेका ठेकेदार कम्पनिको नाम मन्त्रालयमा पठाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए। 

जनताको तटबन्धको फिल्ड कार्यालय महोत्तरीद्वारा राष्ट्रपति चुरे संरक्षण कार्य धनुषा महोत्तरीअन्तर्गतको रातो आरटिडब्लु किसान नगर र  रातो आरटिडब्लु पशुपति नगरका लागि सविना निर्माण सेवा जनकपुर, रातो आरटिडब्लु हतिसर्वाका लागि जिके कन्ष्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु कविलासाका लागि शिवम कन्स्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु वनचौरीका लागि ओम दिप कन्स्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु सिंग्याहीका लागि आशिष कन्स्ट्रक्सन, रातो आरटिडब्लु सिद्धि साई प्रकाश समाखुसी काठमाडौं, रातो आरटिडब्लु सिंग्याही र रातु आरटिडब्लु खैरवा भिटामोडका लागि हिमांसु लोकेस देव जेभी सुविधानगर काठमाडौंको नाम मन्त्रालयमा पठाइएको जिल्ला प्रशासन महोत्तरीले जनाएको छ । 

त्यस्तै डिभिजन सडक कार्यालय जनकपुरद्वारा सञ्चालित रामजानकी पथ मटिहानी जनकपुर सडक कालोपत्रेको काम पूरा नगरेकाले पप्पु कन्ट्रक्सन पर्सा, जधा पुल निर्माणको काम पूरा नगरेको रसुवा आश्रे जेभी, बिगही पुल निर्माण पूरा नगरेको रसुवा आश्रे जेभी र रातो नदी पुल निर्माण लोहारपटिको ठेक्का पूरा नगरेको पप्पु कन्स्ट्रक्सन पर्साको नाम गृह मन्त्रालयमा पठाइएको छ । 

यस्तै भूमिगत जल सिँचाई विकास डिभिजन महोत्तरी जलेश्वरद्वारा गौशाला नगरपालिका ९ वेलगाछी महोत्तरीमा डिप ट्युवेल निर्माणको ठेक्का लिएर काम पूरा नगरेका जेएच कन्ट्रक्सन प्रालि लुबु ०४ ललितपुरको नाम गृह मन्त्रालयमा  पठाइएको छ । 

त्यस्तै जनकपुर परिक्रमा सडक अन्तर्गत मटिहानी सडक निर्माणको ठेक्का लिई म्याद गुज्रीसक्दा समेत काम नगरेको एएमआर इण्डिया लिमिटेड पप्पु कन्स्ट्रक्सन जेभी तिनकुने, लोहारपटि महेन्द्रनगर सडक निर्माणको ठेक्का लिएरर काम पूरा नगरेका एमएसवुड हिल इन्फ्रास्ट्रक्चर लिमिटेड लामा कन्स्ट्रक्सन प्रालि जेभी महाराजगञ्ज काठमाडौं र जलेश्वर लोहारपटि सडकको निर्माणको ठेक्का लिइ काम पूरा नगरेको भलेचा इण्डिया अरनिको निर्माण कम्पनी प्रालि जेभीको नाम गृह मन्त्रालयमा पठाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । 

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App