८ वैशाख २०८१ शनिबार
खेल

मेसीको उत्कृष्ट पुनरागमन

अर्जेन्टिना — कप्तान लियानेल मेसीको उत्कृष्ट पुनरागमनमा अर्जेन्टिनाले  उरुग्वेलेलाई पराजित गरेको छ। मेसीले केही हप्ता पहिले मात्र अन्तर्राष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता लिएका थिए। संन्यास फिर्ता लिएपछि राष्ट्रिय जर्सीमा उनी मैदानमा उत्रीएको यो पहिलो खेल हो।

अर्जेन्टिनको घरेलु मैदानमा सम्पन्न  विश्वकप छनोट खेलमा अर्जेन्टिनाले  उरुग्वेलेलाई  १—० गोल  अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान मेसीले खेलको ४३ औ मिनेटमा गोल गरेका थिए। उनले प्रहार गरेको बल उरुग्वेका रक्षक जोश मारिया गिमिजलाई  छुदै गोलमा परिणत भएको थियो।

खेलको दोस्रो हाफमा स्ट्राइकर पाउलो द्यावलाले दोस्रो पहिलो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि  अर्जेन्टिना  १० जना खेलाडीमा सिमित भएको थियो। तर उरुगवेले यसको फाइदा उठाउन सकेन। उसका लुइस स्वारेज र काभानीको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरोले विफल पारेका थिए।

खेलको ५२  मिनेटमा मेसीले प्रहार  गरेको फ्रिकिक उरुग्वेका गोलरक्षक मुसलेरोले बचाउदाँ अर्जेन्टिना अग्रता दोब्बर पार्न चुकेको थियो।

प्रकाशित: १७ भाद्र २०७३ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App