५ वैशाख २०८१ बुधबार
राजनीति

कांग्रेसलाई जरैबाट परिवर्तन गरौंं : प्रवक्ता शर्मा

नेपालगन्ज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जरैबाट परिर्वतन गरेर नयाँ उचाईमा पुर्‍याउनुपर्ने बताएका छन्। यसका लागि पार्टीलाई नयाँ खालको उर्जा आवश्यक रहेको धारणा राखे। 

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले शुक्रबार कोहलपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले भने, ‘काँग्रेसलाई पुनर्जीवन दिनका लागि अब सबै कार्यकर्ताले नयाँ सोच र नयाँ ढंगबाट काम गर्नुपर्ने खाँचो भएको छ।’ नेपाली कांग्रेसको नेतृत्वमा मुलुकका हरेक परिवर्तन सम्भव रहेको उनको भनाई छ। पार्टीका नेता, कार्यकर्तालाई सान्त्वना दिदै शर्माले एक पटक चुनाव हार्दैमा आत्तिनु नपर्ने बताए । कांग्रेसको अहिलेसम्मको परिपाटीलाई परिवर्तन गरी अब नयाँ ढंगले पार्टीलाई परिवर्तन गर्नुपर्ने प्रवक्ता शर्माले नेतृत्वलाई सुझाए। त्यस्तो परिवर्तन अब जरैबाट हुनुपर्ने बताए। 

अबको पाँच वर्ष कांग्रेस सभ्य प्रतिपक्षको भूमिकामा रहेर आफ्नो संगठन निर्माणमा लाग्ने उनले जोड दिए। अर्को प्रसंगमा उनले मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तन पनि कांग्रेसकै कारण सम्भव भएको जिकिर गर्दै कांग्रेसकै नीति, योजना र कार्यक्रमलाई कम्युनिष्टहरुले पछ्याइरहेको दाबी गरे। कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएकै समयमा कांग्रेसले समावेशितालाई जोड दिएको भन्दै प्रवक्ता शर्माले पछिल्लो समयमा संविधान जारी भएपछि मधेशमा लागेको आगो पनि कांग्रेसले नै शान्त पारेको जिकिर गरे। 

सो क्रममा बोल्दै नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मनमोमन भट्टराईले बहुदलीय व्यवस्थाले लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने बताए। हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेकोले अब देशको समृद्धि पनि कांग्रेसकै नेतृत्वमा हुने उनले जिकिर गरे। पार्टीको संगठन सुदृढीकरण अभियानका लागि अगुवा नेता, कार्यकर्तालाई उर्जा प्रदान गर्ने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए। प्रशिक्षणमा पार्टीका अगुवा नेता, कार्यकर्ता सहभागी भएका थिए । 

प्रकाशित: १८ जेष्ठ २०७५ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App