७ वैशाख २०८१ शुक्रबार
अन्य

एचपीलार्इ गरिएकाे कारवाही फिर्ता हुने, ग्यास आयात अनुमति पत्र लिन उद्योगी तयार

काठमाडौं– एचपी ग्यासलाई गरिएको कारबाही फिर्ता लिन तयार भएपछि उद्योगी ग्यास आयात अनुमति(पिडिओ) लिन समहत भएका छन्। बिहीबारबाट उनीहरूले अायात अनुमति पत्र लिने भएका हुन्।

ललितपुर घटनाका पीडितलाई ४० लाख राहात दिन उद्योगी सहमत भएपछि आपूर्ति मन्त्रालयले एचपी ग्यासको पिडिओ फुकुवा गर्ने सहमति जनाएको छ।

आपूर्ति मन्त्रालयका उप—सचिब बाबुराम भुषाल, नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरे र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे, संघका उपाध्यक्ष गोकुल भण्डारीबीच भएको वार्ताले उक्त विषय टुंगाएको हो। एचपी ग्यासलाई गरिएको कारबाही फिर्तालिन पाँच दिनअघि सरकारलाई धम्की दिएका ग्यास व्यवसायीले मंगलबारबाट ग्यास ल्याउने अनुमति रोकेका थिए।

अब उद्योगीले नियमित पिडिओ लिन सहमत भएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए।

 

प्रकाशित: ८ असार २०७३ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App