८ वैशाख २०८१ शनिबार
समाज

अज्ञात समूहद्वारा एक्साभेटरमा आगजनी

तनहुँ- आबुखैरेनी गाउँपालिका २ नारिघाट स्थित सडक नजिक रोकेर राखिएको एक्साभेटरमा अज्ञात समूहले आगजानी गरेको छ।

 ग १ क ३१८८ नम्वरको एक्साभेटरमा शुक्रवार विहान एक वजेको समयमा आगजनी भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । ‘एक्साभेटर के कारणले जल्यो भन्ने बारेमा अनुसन्धान भईरहेको छ,’ उनले भने । आगजनी कसले गर्‍यौ भन्ने विषयमा अहिले सम्म नखुलेको प्रहरीको भनाई छ।

आगजनीबाट एक्साभेटरको चालक बस्ने भाग र तेल राख्ने भाग जलेर नष्ट भएको प्रहरीको भनाई छ । आबुखैरेनी स्थित एस जि रोडाढुङगा कम्पनीको एक्साभेटर जलाइएको कम्पनीका सञ्चालक शेर वहादुर गुरुङले बताए। ‘कसैसंग कल भगडा परेको पनि थिएन कसले रिसीबी साध्यो भन्ने थाहा भएन,’ उनले भने।

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App