६ वैशाख २०८१ बिहीबार
समाज

कर्णालीमै पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

अप्रेसनपछि हाडजोर्नी विशेषज्ञ धनबहादुर कार्कीसँग बिरामी टेकबहादुर बुढा। तस्बिर : बुढा/नागरिक

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलो पटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो।

बनमा बाख्रा चराउनको गएको बेला रुखबाट लडेर मेरुदण्डमा समस्या भएका उनको अप्रेसन जुम्लामै भएपछि निकै खुसी छन। पछिल्लो समय अस्पतालमा भएको आवश्यक स्रोत साधन र जनशक्तिका कारण मेरुदण्डको अप्रेसन सम्भव भएको हाडजोर्नी विशेषज्ञ डा धनवहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार यो अप्रेसन सुविधा सम्पन्न सुर्खेत नेपालगंज अस्पतालमा गराएको भए न्यूनतम २ देखि ४ लाख रुपैयाँ सम्म खर्च गर्नुपथ्र्यो। तर जुम्ला अस्पतालमा ३० हजार देखि ३५ हजार रुपैयाँमै सम्भव भएको हो। सल्याक्रिया पश्चात विरामीको अवस्थामा निकै सुधार भएको छ। अबको एक दुई दिनमै विरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ।

हाडजोर्नी विशेषज्ञ डा. देउमन लिम्वुको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ डा धनबहादुर कार्की, मेडिकल डाईरेक्टर पुजन रोकाया, मंगल रावल एनएसथेसियाका डा. रमेश भट्टराई, निराजन महासेट र रविन खापुङको टोलीले मेरुदण्डको पहिलो सफल अप्रेसन गरेको हो।

मेडिकल डाईरेक्टर डा पुजन रोकायाका अनुसार मुगु र कालिकोट र डोल्पा जिल्लाका विरामीले हाडजोर्नी सेवावाट लाभान्वित हुँदै आएका छन्। कालिकोटमा प्रत्येक महिनाको १५ र २८ गते र मुगु जिल्लामा प्रत्येक महिनाको २ गते विशेषज्ञ सेवा सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App