७ वैशाख २०८१ शुक्रबार
राजनीति

नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरेको छ। प्रदेश सांसद, विज्ञ र सरोकारवालाहरुसँग नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयका बारेमा छलफल सुरु गरिएको सरकारले जनाएको छ।

शुक्रबार प्रदेश सरकारले विषय विज्ञसँग नीति तथा कार्यक्रममा समेट्नपर्ने विषय र प्रदेश सरकारको रणनीतिका बारेमा छलफल गरेको छ। कार्यक्रममा प्रादेशिक योजना तर्जुमाका विषयमा पूर्व सचिव वालानन्द पौडेल, भू–उपयोग नीतिका बारेमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रबहादुर शाहले संघीयतामा नेपाल प्रहरीको पुर्नसंरचना, प्रदेश प्रहरी ऐन र अन्य कानुनहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

पूर्व सचिव एवम् सिनियर फेलो नीति फाउण्डेशनका बालानन्द पौडेलले प्रादेशिक योजना तर्जुमाका संवैधानिक आयमहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्वन्धीत जिल्ला र गाउँमा पुगेर योजना निर्माण गर्नुपर्ने बताए। ‘सुर्खेतको सिंहदरबारबाट योजना बनाएर कर्णालीको विकास हुँदैन्’ उनले भने, ‘सम्वन्धीत ठाउँमा नै गएर योजना तर्जुमा गर्नुपर्छ।’ छलफल कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य मन्त्री, प्रदेश सांसद, विज्ञ, सम्वन्धीत मन्त्रालयका कर्मचारीलगायतको सहभागिता रहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App