८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

वासिङटन - अमेरिकाले स्टील,आल्मुनियमलगायतका सामानहरूकाे आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेकोमा युरोपेली संघ, मेक्सिको र क्यानडा लगायतका मुलुकहरूले अापती जनाएका छन्। 

बिहीबार रातिबाटै लागू हुने गरी स्टील आयातमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाइने निर्णय अमेरिकाले गरेपछि बेलायतसहितका राष्ट्रले आपत्ति जनाएका हुन् ।

युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको अमेरिकाले बिहीबार जानकारी दिएको थियाे।अमेरिकाका व्यापार मन्त्री विल्बर रोसले क्यानडामा भएको विश्वका मुख्य सात देशका अर्थ मन्त्रीहरुसँगको बैठकपछि कर वृद्धिको घोषणा गरेका थिए।

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App