८ वैशाख २०८१ शनिबार
राजनीति

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरूले उठाएका  विषयमा जवाफ दिने भएका छन्।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए। बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए।

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App