७ वैशाख २०८१ शुक्रबार
समाज

हावाहुरीले भत्किएको घरले किच्दा महिलाको मृत्यु

खोटाङ – हावाहुरीले घर भत्काउँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ पानीसँगै चलेको हावाहुरीले घर भत्काउँदा खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ६० वर्षीय कालीमायाँ बिश्वकर्माको किचिएर मृत्यु भएको हो। छिमेकी हरि राईले छाडेको रित्तो घरमा बसेका बिश्वकर्मालाई भत्किएको घरको बलौले किच्दा घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका सई पवनकुमार यादवले बताए।

परिवारिक बेमेलका कारण घर छाडेर दश–पन्ध्र दिनदेखि राईले रित्तो घरमा बस्दै आएका बिश्वकर्मालाई घरले किचिएको अवस्थामा निकालेको केही समयमै मृत्यु भएको थियो। घरले किच्दा उनको टाउको भाँडामा परेको अवस्थामा भेटिएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App