coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले बुटल–पाल्पा सडक–खण्ड अवरुद्ध

बुटवल – शुक्रबार बिहानदेखि सिद्धार्थ राजनमार्गको बुटवल–पाल्पा सडक–खण्डको सिद्धबाबा नजिकै पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। गएराति परेको पानीले सो सडकको हेडबस्क भन्ने स्थानमा ठुला ढुङ्गो सहित पहिरो झरेको छ। पहिरोका कारण बिहान ४ बजेदेखि बाटो अवरुद्ध छ।

प्रहरीका अनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकीएको छैन। पहिरो हटाउने प्र्रयास भइरहेको  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार माथिबाट ढुङ्गा सहितको लेदो खस्ने क्रम नरोकीदा बाटो खुलाउन केही समय लाग्ने छ।

बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङ्गका लागि छुट्ने सवारी साधन बाटोमै रोकीएका छन्। ती जिल्लाबाट बुटवल हुँदै काठमाडौं पोखरा तथा पश्चिम तर्फ जाने गाडीहरु पनि बाटोमै अलपत्र छन्। बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्र  पहिरोको बाह्रमासे उच्च जोखीम क्षेत्र हो।

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App