८ वैशाख २०८१ शनिबार
अर्थ

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादनमा योगदान गर्ने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एनसेलले उक्त छात्रवृत्ति तथा सम्मान प्रदान गरेको जनाएको छ।

यस पहल अन्र्तगत, एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई प्रत्येक वर्ष एनसेल छात्रवृत्ति र सबभन्दा बढी अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ।बिहीबार एक समारोहबीच इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकका क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जितेन्द्रकुमार मानन्धर र एनसेलका प्रतिनिधिले संयुक्त रुपमा विद्यार्थीलाई छात्रवृत्ति र सम्मान प्रदान गरेको एनसेलको विज्ञप्तिमा उल्लेख छ ।

१२ शीर्षक अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।पाँच वर्षदेखि दिइरहेको छात्रवृत्ति र सम्मानले युवा विद्यार्थीको लगन तथा मेहनतको कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरेको एनसेलले जनाएको छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै दक्ष जनशक्ति विकासमा योगदान गर्न पाँच वर्ष (२०७१–२०७५) का लागि इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति र पुरस्कार स्थापना गरेको थियो । पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् । २० जनाले सम्मान पाएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति र सम्मान बापत ८० लाख प्रदान गरेको जनाएको छ।

एनसेल छात्रवृत्ति स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने गरेका छन् । यो वर्षको छात्रवृत्ति इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ संकायका पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट नतिजा ल्याएका नौ विद्यार्थी तथा तीनवटै संकायका छात्रामध्येबाट पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट नतिजा ल्याएका तीन छात्राले पाएका छन्।

उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १–१ जना गरी तीनजना र यी तीनै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक गरी चारजनाले यो सम्मान पाएका छन् । प्रत्येक छात्रवृत्ति तथा सम्मानको राशि एक लाख रुपैयाँ छ।

एक जिम्मेवार व्यावसायीक नागरिकका रुपमा, एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै विभिन्न व्यवसायिक सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत राम्रो नतिजाका साथ एसएलसी उत्तीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्रालाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पु¥याउन कम्पनीले १६ वटा विद्यालयमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायतका लागि सहयोग गरेको छ, जसबाट २५ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:३६ शुक्रबार

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति सम्मान