coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

लण्डन– एसिया र अफ्रिकाका २ अर्बभन्दा बढी मानिसमा जिका भाइरसको खतरा रहेको एक अध्ययनले देखाएको छ। दि ल्यानसेट इन्फेक्सियोस डिजिजले निकालेको एक प्रतिवेदनले एसिया र अफ्रिका क्षेत्रका  २ अर्बभन्दा बढी मानिसमा जिकाको खतरा रहेको देखाएको हो।

अध्ययनअनुसार एसियन मुलुक भारत र इन्डोनेसिया तथा अफ्रिकी मुलुक नाइजेरीयका मानिसमा जिका भाइरसको संक्रमण हुने सम्भाावना धेरै रहेको जनाएको छ।

जिका भाइरसको संक्रमण धेरेै खतरा रहेको दक्षिण अमेरिकी मुलुकमा भ्रमण सकेर आएका एसिया र अफ्रिकाका मानिसहरुलाई अध्ययनमा सहभागी गराएको अध्ययनकर्ताले जनाएका छन्।

अध्ययनकर्ताहरुले एसियन मुलुक फिलिपिन्स, भियतनाम, पाकिस्तान र बंगलादेशमा रहेका मानिसहरुमा पनि जिका भाइरसको संक्रमणको खतरा रहेको औंल्याएका छन्।

अध्ययनमा सहभागी डा.कमरन खानले भने, ‘हामीले मानिसको जनसंख्या तथा देशको कुनै पनि रोगका बिरामीलाई उपचार गर्न सक्ने क्षमताका आधारमा खतरा औल्याएका होैँ, एसियाका र अफ्रिकाका मानिसहरु कामदारका रुपमा अन्य मुलुक जाने भएकाले उनीहरुमा यस रोगको संक्रमणको खतरा धेरै हुन्छ।

उनीहरुले विश्वका ६५ मुलुकमा जिका भाइरसको संक्रमण देखिएको जनाएका छन्। पहिले जिका भाइरस गर्भमा रहेका बच्चमा मात्र सर्ने देखिएको भए पनि हाल अन्य मानिसमा पनि यस रोगको संक्रमण देखा परेपछि आफूहरु थप अन्योलमा रहेको अध्ययनकर्ताहरुले बताएका छन्। खानले भने, ‘जिका भाइसरको संक्रमण के कारण हुन्छ भन्ने कुरा प्रस्ट छैन, जसले थप अन्योलता सृजना गरेको छ।

 

प्रकाशित: १७ भाद्र २०७३ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App