१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रमजानका परिकार

कल्मा, नमाज, हज, जकात र रोजालाई इस्लामका पाँच स्तम्भ मानिन्छ । रोजाको समयमा शरीरमा पानी र भिटामिनको कमी भई कमजोर हुनसक्छ । त्यसैले गर्दा यसबेला फलफूल, पानी र प्रोटिनयुक्त खानेकुरा खानु आवश्यक हुन्छ । ‘रोजाको समयमा सामान्य अरु दिनमा खाइने खाना नै खाइन्छ।

डकार आउने, अपच हुने गरि खान नहुने नियम छ ’ उनले भने । रोजाका बेला पनि आफ्नो स्वाद अनुसार खाना खान सकिने उनी बताउँछन् । पकौडा, मासु र रोटीका परिकार, जुस, ब्रियानीलगाएतका परिकार मुसलमानले धेरै रुचाउने उनले बताए । रोजाका समयमा गुलियो र झोल पदार्थ प्रसस्त मात्रामा खानु पर्छ ।म्तियाज मियाँ सफ्टकट हलाल फुड रेस्टुरेन्टका सञ्चालक हुन् । इम्तियाजले ठमेलमा हलाल खानाका परिकारको रेस्टुरेन्ट सुरु गरेको तीन वर्षभन्दा बढी भएको छ । यो रेस्टुरेन्टमा रहेक मौसममा हलाल खानाका परिकार पाइन्छन् ।

मियाँ भन्छन्, ‘हिजरी संवत अनुसार रमजान नवौँ महिनामा पर्छ, यो महिनामा मुसलमानको धर्मावलम्बीको रोजा हुन्छ । रोजामा दिनको दुई पटक मात्र खाइन्छ ।’ उर्दु प्रतिष्ठानका अध्यक्ष समेत रहेका इम्तियाजको दैनिकी रोजा सुरु भएपछि परिवर्तन भएको छ । अचेल उनी अन्य दिन भन्दा फरक समयमा उठ्ने र खाने गर्छन् । राती ३ बजे उठेर प्रार्थना गरेपछि उनी सहेरी (खाना, दाल, रोटी) लिन्छन् । सहेरी लिएपछि इम्तिहाज नवाज पढ्छन् । नवाज पढिसके पछि केहि समय आराम गर्छन् र काममा जान्छन्।

कल्मा, नमाज, हज, जकात र रोजालाई इस्लामका पाँच स्तम्भ मानिन्छ । रोजाको समयमा शरीरमा पानी र भिटामिनको कमी भई कमजोर हुनसक्छ । त्यसैले गर्दा यसबेला फलफूल, पानी र प्रोटिनयुक्त खानेकुरा खानु आवश्यक हुन्छ । ‘रोजाको समयमा सामान्य अरु दिनमा खाइने खाना नै खाइन्छ । डकार आउने, अपच हुने गरि खान नहुने नियम छ ’ उनले भने । रोजाका बेला पनि आफ्नो स्वाद अनुसार खाना खान सकिने उनी बताउँछन् । पकौडा, मासु र रोटीका परिकार, जुस, ब्रियानीलगाएतका परिकार मुसलमानले धेरै रुचाउने उनले बताए । रोजाका समयमा गुलियो र झोल पदार्थ प्रसस्त मात्रामा खानु पर्छ ।

रोजा राख्नुको कारण आत्म सन्तुलनसँग जोडिएको मुसलमान धर्मावलम्बीको मान्यता छ । वर्षभर राम्ररी खान नपाउने र भोकै बस्नुपर्नेको पीडा महसुस गर्नका लागि पनि रोजा लिने गरेको उनीहरू बताउँछन् । यसले सेवा, दया र दानको भावना जागृत गराउँने मान्यता छ । रोजाका बेला जकात अर्थात् दान दिने प्रचलन रहेको छ । ‘रोजाको समयमा आफूले कमाएको मध्ये साढे दुई प्रतिशत दान दिनु पर्ने हाम्रो धर्मको नियम छ,’ मियाँले भने ।

युनिर्भसल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटकी काउन्सिलर सकिना खाँन रोजाका बेला मासुका फरक–फरक परिकार, फलफूल, जुस, सर्वत, चामलका परिकारलगायत खान रुचाउछिन् । उनी भन्छिन्, ‘रोजा खोल्ने समय सामान्यतया सात बज्छ, त्यो बेलासम्म शरीरमा आवश्यक भिटामिन, क्याल्सियम, प्रोटिनयुक्त खाना बनाउनु पर्छ ।’ दिनभरि खाना, पानी विनै बस्नु पर्ने, शरीरलाइ आवश्यक विभिन्न मिनरल्र्स आवश्यक हुने हुदाँ खानामा ध्यान दिनु पर्ने उनी बताउँछिन्।
रमजानका परिकारहरू

खजुर

खजुर एक प्रकारको फलफूल हो । इस्लामिक धर्मावलम्बीका लागि खजुर निकै महत्वपूर्ण मानिन्छ । उनी भन्छन्, ‘खजुरको विषयमा कुरानमा उल्लेख गरिएको छ, खजुरलाई स्वर्गबाट आएको मिठो उपहारको रूपमा लिइन्छ ।’ खजुर स्वास्थ्यका लागि लाभदायक हुने भएर रोजा तोड्नु अगाडि खजुर खानु पर्ने उनी बताउँछन् । इस्लाम धर्मावलम्बीको सगुनका रूपमा पनि खजुरलाई लिइन्छ । खजुरको सर्वत र जुस बनाएर पिउने गरिन्छ । रोजाका समयमा अन्य सर्वत वा जुस भन्दा खजुर मिल्क सेकको बढी माग हुने गरेको छ । खजुरलाई दूध, दहीको प्रयोग गरेर खान सकिन्छ भने फलफूलको साथमा पनि खान सकिन्छ ।

ब्रियानी


रोजाको समयमा बढी खाइने खानाको परिकार मध्ये ब्रियानी पनि हो । आफ्नो स्वाद र गच्छे अनुसार विभिन्न परिकारका ब्रियानी खाइने सकिना खाँन बताउँछिन् । उनी भन्छिन्, ‘एक महिनाको रोजा हुने भएकाले प्रतयक दिन एउटै स्वादको खान मन लाग्दैन त्यसकारण फरक स्वाद र तरिककाको ब्रियानी बनाउँने गर्छौ ।’ ब्रियानी विभिन्न किसिमको समाग्री प्रयोग गरेर बनाउँन सकिन्छ । मासु, तरकारी, पनिर लगायत आफ्नो इच्छा अनुसार बनाउन सकिने खाँन बताउँछिन् ।

कोर्मा करी


कोर्मा करी एक मांसाहारी भोजन हो । कोर्मा बनाउन मासु र तरकारी मात्रै पनि प्रयोग गर्न सकिन्छ । कोर्मा करीमा दही राख्नु अनिवार्य नै हुन्छ । मासु वा तरकारीको स्वादमा दहीको फरक स्वाद हुन्छ । मासुको कोर्मा बनाउनु छ भने विभिन्न प्रकारका मसला दहीलाई मासुमा मिलाएर कम्तिमा दुई घन्टा म्यारिनेट गरेर तयार गरिन्छ । कोर्मालाई विशेष गरि रोटी, नानसँग खाइन्छ ।

दाल घोस्ट


दाल घोस्ट दालमा मासु मिलाएर बनाइने खानाको परिकार हो । यो विशेष गरेर मुंग वा चनाकोे दालमा मासु राखेर तयार गरिन्छ । दाल घोस्टलाई भात र दाल दुवैसँग खान सकिन्छ । रमजानमा खाइने अन्य खानाको परिकार मध्ये दाल र मासुको स्वाद हुने हुनाले निकै लोकप्रिय मानिन्छ । दाल घोस्टमा लसुनप्याजको स्वाद अनिवार्य रहेको पुल्चोकस्थित ताजा रेस्टुरेन्टकी सञ्चालीका संगीता लामा बताउँछिन् । तीन वर्षदेखि हलाल रेस्टुरेन्ट चलाउदै आएकी संगीता यो समयमा निकै व्यस्त छिन् । उनी भन्छिन्, ‘यो समय विशेष हलाल खानेको भीड हुन्छ, विदेशी पर्यटकको आगमन पनि राम्रो हुन्छ । ’

स्वर्मा


विभिन्न प्रकारका मासुको प्रयोग गरेर स्वर्मा बनाइन्छ । स्वर्मा साकाहारीका लागि पनि पनिर वा अन्य तरकारी प्रयोग गरेर बनाउन सकिने लामा बताउँछिन् । स्वर्माको विभिन्न प्रकार ताजामा उपलब्ध हुने उनी बताउँछिन् । फ्राइड् चिकेन स्वर्मा, पनिर स्वर्मा, स्वर्मा फलाफेल, स्वर्मा हम्युस्, स्वर्मा मस्रुम, स्वर्मा ¥याप पाइने उनी बताउँछिन् । ‘चिकेन स्वर्मा बढी खान मनपराउछन्, नेपाली मात्र नभएर विदेशीले पनि स्वर्माको स्वाद मन पराउँछन्,’ उनले भनिन् । मासुको स्वर्मा बनाउँदा विभिन्न मसलाका आइटम मिक्स गरेर म्यारिनेट गरेर तयार गरिने उनी बताउँछिन् । स्वर्मालाई पिटा ब्रेडमा बेरेर खाइने उनी बताउँछिन् ।

सलाद र फलफूल


दिन भरी भोकै रोजा बस्ने भएकाले सलाद र फलफूल अनिवार्य नै रहेको सकिना बताउँछिन् । उनी भन्छिन्, ‘रोजा गर्मीको समयमा पर्ने हुँदा शरीरमा पानी र अन्य आवश्यक भिटामिनको मात्र कमी हुनाले रोजा तोड्नु अघि फलफूल र सलाद अनिवार्य नै खान जरुरी हुन्छ ।’ सलाद र फलफूल निकै उपयोगी मानिन्छ । ‘खजुर, खरबुजा, अनार, स्याउ, केरा, मेवा सामान्य खाइने फलफूल हुन,’ उनले भनिन् ।

प्लाटर

प्लाटर धेरै परिकार मिसाएर तयार पारिएको खानाको परिकार हो । प्लाटरमा विभिन्न प्रकारको खाना राखेर सजाइएको हुन्छ । लामा भन्छिन्, ‘प्लाटरमा मौसम अनुसारको तरकारी, माछा, मासु, सलाद, फलफूल, आलुका चिप्स, स्वर्मा, कबाब, पिटाब्रेडलगायत विभिन्न खानेकुरा आइटमलाई आकर्षक ढंगले सजाइएको हुन्छ ।’ नेपालीले भन्दा विदेशीले प्लाटर लञ्च, प्लाटर डिनर गर्न आउने उनी बताउँछिन् । यो समूहमा बसी एउटै थालीमा मिलेर खाने गरिन्छ ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App