६ वैशाख २०८१ बिहीबार
समाज

जलमग्न सुर्खेत

तस्बिर: नगेन्द्र उपाध्याय

सुर्खेत–अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।

वर्षाका कारण ४० भन्दाबढी पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘केही समय मात्रै पानी परेकाले ठूलो क्षति हुन पाएन्’ उनले भने, ‘४० भन्दाबढी पसलहरुमा क्षति भएको छ।’

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाका अनुसार वायूको चाप न्यून हुँदा पानी परेको हो ।

खजुराका स्थानीयले वीरेन्द्रनगर नगरपालिकाको लापरवाहीका कारण आफूहरु डुवानमा परेको बताएका छन् । रत्नराजमार्ग दक्षिणका अधिकांश क्षेत्र डुवानमा परेका छन् । ‘दक्षिणतर्फका नालीहरुको निकास नहुँदा हरेक वर्ष डुवान हुने गरेको छ’ स्थानीय शर्मिला बिसीले भनिन्, ‘नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई भएको छैन।’

२०७१ सालमा आएको बाढीपहिरोले एक सय भन्दाबढीको मृत्यु हुनुका साथै करोडौंको धनमाल क्षति भएको थियो। क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका अनुसार वायूको चाप न्यून हुँदा बिहीबार पानी परेको हो । कार्यालयका अनुसार उपत्यकाभित्र मात्रै करिव तीन घण्टा पानी परेको थियो । उपत्यकाभित्र पनि वर्षा मापन फरक–फरक देखिएको छ । कार्यालयका अनुसार तीन घण्टाको अवधिमा इत्राम क्षेत्रमा ९१ मिलिमिटर पानी प¥यो भने सुर्खेत एयरपोर्ट क्षेत्रमा ४७ मिलिमिटर पानी परेको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App