८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक

काठमाडौं – नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो।

ग्राहकहरूको माझमा विश्वासिलो र भरपर्दो नाम कमाएको यस प्रालीले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्र्तगत मोबाइल स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ।

ईजी सर्भिसले एस्युरेन्स सेवा अन्र्तगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरूको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्क रुपमा फेरिदिने योजना पनि सार्वजनिक गरेको छ।

यो योजनामा मोबाइल फोन ग्राहकहरूले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एस्यूरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन्। यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ। कम्पनीले आगामी दिनहरूमा पूराना मोबाइल फोनहरूमा पनि यो योजना ल्याउने तयारी गरेको बताएको छ।

सेवा लिइसकेपछि ग्राहकहरूको फोनको डिस्प्ले फुटेमा एक पटकका लागि कम्पनीले निशुल्क रुपमा फेरिदिने छ। मोबाइल फोन ग्राहकहरूले यसको लागि आफ्नो व्यक्तिगत बिबरणसहित फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन्। सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्क रुपमा फेरिदिने छ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले ग्राहकहरूले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरू भोग्दै आएकोले त्यसको समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताए।

‘हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ, डिस्प्ले फेर्न निकै महंगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं,’ अध्यक्ष पौडेलले भने।

नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ। ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App