७ वैशाख २०८१ शुक्रबार
समाज

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

विराटनगर – ३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

उनले जिल्ला अदालत मोरङमा उपस्थित भएर आत्मसमर्पण गरेको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए। अहिले उनको बयान लिने क्रम सुरु भएको छ।

सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए। सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ।  उनको खोजीमा अन्तर्राष्टिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो।

 

प्रकाशित: १७ जेष्ठ २०७५ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App