७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पलाई भेटिन् किम कार्दाशियनले

तस्बिर : एजेन्सी

 न्यूयाेर्क - अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियन वेस्टले राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेकी छन्। भेटमा उनले एलिस मारी जोनसोनका लागि कैदमाफीको अनुरोध गरेकी छन्। जोनसोन विगत दुई दशकभन्दा बढी समयदेखि लागूऔषध कसूरमा जेलमा बसिरहेकी छन्। 

ट्रम्पका ज्वाईं ज्यारेड कुशनरले पनि यो मुद्दामा कार्दाशियनसँग महिनौंदेखि कुराकानी गरिरहेका छन् । जोनसोनका छोरीहरूले कार्दाशियन र ट्रम्पबीचको भेटवार्ता भएकाे पुष्टि गरेका छन् ।  ट्रम्पले आफूहरूबीच भेटघाट भएकाे उल्लेख गरी  ट्वीट गरेका छन्। 

कार्दाशियनले सामाजिक सञ्जालमा पोस्ट गरिएको छोटो भिडियो हेरेपछि जोनसोनकाे कथाप्रति ध्यान दिएकी हुन्।जोनसोनको कथा हेरेपछि कार्दाशियनले आफ्नो निजी वकिल शन होलीलाई यो मुद्दा हेर्न अनुरोध गरि उनले नयाँ कानूनी टोलीको पैसा तिरेकी छन्। रियालिटी टेलिभिजनकी स्टार कार्दाशियनले कुशनरसँग मिलेर संघीय कारागार सुधारकाे प्रयास गरिरहेकी छन् ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App