काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले साँफेबगर नगरपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा जेठ ५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बेंकले छ।
उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मणबहादुर साउद र बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यको उल्लेख्य भूमिका रहेको बेंकको विज्ञप्तिमा उललेख छ । शिविरबाट साँफेबगर नगरपालिकाका एक सय ४७ जना लाभान्वित भएका थिए।
त्यसैगरी, बैंकको सुकेधारा शाखाले जेठ ११ गते नेपाल नेत्रहिन संघ, सुकेधारामार्फत ५० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । सुकेधाराका शाखा प्रबन्धक निरञ्जन कुइँकेलले छडी वितरण गर्दै सामाजिक रुपमा असक्त व्यक्तिप्रति बैंकले गरेको यस्तो प्रकारको सहयोग आगामी दिनमा समेत जारी रहनुका साथै यो कार्य अन्य व्यक्ति तथा संघ–संस्थाका लागि समेत प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन् ।बैंकले यी दुवै काम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पन्न गरेको र आगामी दिनमा जारी राख्ने प्रतिबद्घता जनाएको छ ।
प्रकाशित: १७ जेष्ठ २०७५ ०३:०७ बिहीबार