coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दक्षिण कोरियाका राष्ट्रपतिको पहलमा स्कुललाई सहयोग

काठमाडौं– दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको पहलमा नुवाकोटको एक विद्यालयले १३ लाख ५० हजार रुपैयाँ सहयोग पाएको छ।

पाँच लाख मुनले व्यक्तिगत रुपमा र बाँकी उनलाई माया गर्ने कोरियालीले सहयोग गरेका हुन् ।हालका राष्ट्रपति मुनले दुई वर्षअघि नेपाल आएको बेला भुइँचालोले ध्वस्त बेलकोटगढी नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयलाई सहयोग गर्ने बचन दिएका थिए । सोही अनुसार अहिले उक्त रकम पठाएको मुनको नेपाल भ्रमणमा १५ दिनसम्म गाइड गरेका भक्तराम लामिछानेले जानकारी दिए।

भ्रमणका बेला पनि मुनले उक्त विद्यालयको अस्थायी संरचना बनाउने काममा स्वयंसेवा गर्नुका साथै एक लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशाला सामग्री उपलब्ध गराएका थिए । त्यस बेला उनी राष्ट्रपति निर्वाचित भइसकेका थिएनन् ।
त्यसबेला मुनले रसुवाको लाङटाङदेखि गोसाइकुण्डसम्म ट्रेकिङ गरेका थिए । मुनले पठाएको सहयोग रकमले विद्यालयमा तारबार र खानेपानीको व्यवस्था गर्ने म्याप नेपाल ट्रेक एन्ड एक्सपिडिसनका प्रबन्ध सञ्चालकसमेत रहेका लामिछानेले जानकारी गराए ।मुनको नेपाल भ्रमणको व्यवस्थापन म्याप नेपाल ट्रेक एन्ड एक्सपिडिसन्सले गरेको थियो ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App