८ वैशाख २०८१ शनिबार
अर्थ

ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित

काठमाडौं– ग्लोबल आइएमई बैंकले दुईवटा जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । लमजुङको क्ब्होलासोथार गाउँपालिका साल्मे र पर्वतको कुश्मा नगरपालिका खुर्कोट बगैंचामा शाखारहित बैकिङ सुरु गरेको बैंकले जनाएको छ।

शाल्मेको शाखारहितमा स्थानीय सर्फुदिन मियाँलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसैगरी, पर्वतको खुर्कोट बगैंचाका लागि स्थानीय छत्रबहादुर क्षेत्रीलाई व्यावसायिक प्रतिनिधि तोकिएको छ ।कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दालाई गाउँमै बैंकिङ सेवा सुलभ हुने गरी बैंकले शाखारहित सेवा सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   
 

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App