coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

रुकुम (पश्चिम)– रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

मृतकसँग जोडिएका मुसीकोट नगरपालिका वडा नं. १ का १९ बर्षीय अमर बहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले मृतकसँग अमरको सम्बन्ध रहेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान गरिरहेको बताए।

‘यौन सम्पर्क गर्ने मनसायले अभियुक्तले महिलालाई आफ्नो कोठामा लिएर गएका थिए’ अमरको बयानपछि डीएसपी खड्काले भने, ‘यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको भन्ने प्रारम्भिक बयान आएको छ।।’ महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेको देखिएको र थप विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनको भनाई छ।

प्रकाशित: १६ जेष्ठ २०७५ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App