८ वैशाख २०८१ शनिबार
समाज

नेपाली भाषीको आवाज सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडौं- विद्यालय तहको माथिल्लो तह कक्षा ११ र १२ मा अनिवार्य नेपालीको पाठ्यभार ४/४ पाठ्यघन्टा राख्न मुलुकभरका विभिन्न संघसंस्था, प्राध्यापक, शिक्षक तथा संसारभरका नेपाली भाषीबाट आएको सुझाव सम्बोधन गर्न मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले सरकारको ध्यानाकर्षण गराएको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गत वैशाख ३१ गते विद्यालय तहको पाठ्यक्रम प्रारूपको मस्यौदा सार्वजनिक गरेको थियो । मस्यौदाउपर इमेलमार्फत सुझाव दिन तीन दिनामात्र समय दिएकामा कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयको पठनपाठन ४/४ पाठ्यघन्टा राख्न हजारौं सुझाव प्राप्त भएकाले त्यसलाई कार्यान्वयन गर्न सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो।

कक्षा ११ र १२ बाट नेपाली विषय विस्थापन गर्ने गरी ल्याइएको प्रारूपविरुद्धमा सञ्जालले थालेको अभियानमा नेपाल शिक्षक महासंघलगायत शिक्षकका सम्पूर्ण पेसागत संघसंगठनहरु, त्रिवि नेपाली केन्द्रीय विभाग, नेपाली विषय समिति, देशभरका क्याम्पसका नेपाली विभागहरू, विभिन्न विद्यार्थी संगठन, राष्ट्रिय भाषा शिक्षा विषय समितिसहित देशविदेशका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।

सञ्जालका अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले भनेका छन्, ‘संसारभरबाट नेपाली विषयका पक्षमा उर्लिएको आवाजलाई सम्मान गरी कक्षा ११ र १२ का सबै धारमा अनिवार्य नेपाली विषय न्यूनतम ४/४ पाठ्यघन्टा राख्न आग्रह गर्दछौं ।’ सञ्जालले नेपाली भाषीको आवाजलाई बेवास्ता गरिएमा त्यसको परिणाम दुर्भाग्यपूर्ण हुने र त्यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्र नै हुने चेतावनी दिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७५ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App