१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगितामा बुधबारको खेलमा बैतडीको दशरथ चन्द नगरपालिकाले सोझो तीन सेटमा छिमेकी जिल्ला दार्चुलाको शैल्य शिखरलाई २५–२२, २५– २२ र २५–२२ को अन्तरमा पराजित गरेको छ। 

यस्तै, बैतडीको पञ्चेश्वर र अछामको साँफेबगरबीचको खेलमा पञ्चेश्वरले जित हात पारेको छ। ‘वेष्ट अफ् फाइव’ का आधारमा खेलाईएको खेलमा पञ्चेश्वरले सोझो तीन सेटमा २५–१८, २५– १५ र २५–२३ मा निरिह पा-यो। अर्को खेलमा धनगढी उपमहानगरपालिकाको टीमले आयोजक भीमदत्त नगरपालिकालाई संघर्षपूर्ण खेलमा पराजित गर्दै पहिलो जित हात पा-यो। धनगढीले पहिलो र तेस्रो सेट गुमाएपनि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। उसले २०–२५ मा पहिलो सेट गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा पुनरागमन गर्दै धनगढीले २५– २० र २५– २३ मा दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा ग-यो। चौथो सेटमा लयमा फर्किएको भीमदत्तले २५–१२ अन्तरले दुई÷दुई सेटको बराबरी ग-यो। तर अन्तिम सेटमा धनगढी १५–११ को अन्तरमा भीमदत्तलाई पाखा लगाउँदै विजयी भयो।

यसपछि डडेल्धुराको अमरगढी नगरपालिका र कञ्चनपुरको पुनर्वासबीच भएको खेलमा अमरगढीले नतिजा आफ्नो पक्षमा पारेको छ। उसले सोझो सेटमा २५–१४, २६– २४ र २५–१८ को अन्तरमा जित हासिल ग-यो। बेलौरी र पुनर्वासबीच भएको अर्को खेलमा पनि पुनर्बासले पराजय नै भोग्यो। उसले बेलौरीसंग २५–१५, २५– २३ र २६–२४ को सोझो सेट सुम्पनु प-यो। 

साँझको खेलमा कैलालीको टीकापुरले बैतडीको दशरथ चन्द नगरपालिकालाई पराजित गरेको छ। पाँचौ सेटसम्म चलेको संघर्षण खेलमा पहिलो सेट २१–२५ मा गुमाएको टीकापुरले २५– १८ र ३१–२९ को अन्तरमा दोस्रो  र तेस्रो सेट आफ्नो नाममा ग-यो। चौथो सेट दशरथले २५–१८ अंकले टीकापुरलाई पछि पारेपनि अन्तिम सेटमा लय बिग्रेपछि दशरथले १५–११ को अन्तरमा खेल गुमाउनु प-यो।

भीमदत्त नगरपालिकाको आयोजनामा आयोजित प्रतियोगितामा प्रदेशका ११ टीमको सहभागिता रहेको छ । जेठ १९ गतेसम्म प्रतियोगिता संचालन हुनेछ।

पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पहिलो हुने टीमलाई एक लाख ११ हजार एक सय रुपैयाँ, दोस्रो हुने टीमलाई ७१ हजार एक सय ११ रुपैया र तेस्रो हुने टीमलाई ५१ हजार एक सय ११ रुपैया पुरस्कार राखिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७५ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App