नौ व्यवसायी माथि मुद्दा दायर

बुधबार, १६ जेठ २०७५, १३ : ५९ नागरिक

कैलाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ। 

बुधबार दशौँ राष्ट्रिय स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान बिक्री वितरण गरिएको पाइएकाले कैलाली, कञ्चनपुर र बझाङका नौ व्यवसायीमाथि मुद्दा दायर गरेको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए । 

कञ्चनपुरका आयुष दाना उद्योग, जसलिङ स्टोर र ममता किराना पसल, कैलालीका मालिका टे«डर्स एण्ड सप्लायर्स, तुलसी मार्केटिङ गोदावरी, सुदीप एण्ड प्रियान्स किराना पसल, शैलेश्वर किराना पसल र चन्द्र होटेल तथा बझाङको रुद्रा किराना पसलका व्यवसायीमाथि मुद्दा दायर गरिएको हो। 

कार्यालयले हालसम्म खाद्य उद्योग, होटल रेष्टुराँ, किराना पसल तथा अन्य खाद्य व्यवसायको अनुगमन गरी २१३ खाद्य नमूना संकलन गरेको थियो । नौवटा नमूनाका सम्बन्धित व्यापारिक फार्मविरुद्ध मुद्दा दर्ता गरिएको धितालले बताए। खाद्य ऐन, २०२३ लाई २०७४ मा गरिएको संशोधनअनुसार अखाद्य वस्तु बिक्री गर्ने तथा नराम्रोलाई राम्रो छ भनेर ठगी गर्नेलाई रु ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ। 








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad