साम्यवादीको सम्पत्ति : सर्वहाराको विपत्ति

बुधबार, १६ जेठ २०७५, १० : ३३ पुरुषोत्तम दाहाल

व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्दैनन् भन्ने वाक्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो वाक्यका आविष्कारक सामान्य व्यक्ति होइनन्। सामान्य व्यक्तिले असामान्य कुरा गरे पनि समाजले त्यति महत्व दिँदैन। तर ठूला वा प्रभावशालीहरूका भनाइहरूलाई समाजले बहसमा ल्याउने गर्छ। साम्यवादी चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको वाक्य हो यो। उनले साम्यवादमा विश्वास गर्ने नेताहरूले निजी सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने विचार प्रस्तुत गरेका छन्।

यद्यपि चीन अब माओ कालभन्दा निकै पर पुगिसकेको छ । निजी सम्पत्ति राख्न पाउने अधिकार चिनियाँ नागरिकले पाएको पनि तीन दशक भइसकेको छ। माओको अवसान र देङ सियाअ‍ो पिङको उदयसँगै चीनले आर्थिक सामाजिक फड्को मारेको हो । माओले करिब पच्चीस वर्ष शासन गर्दा चिनियाँ जनतामा गरिबी वितरण गरेका थिए भने देङले सन् १९८० को दशकदेखि समृद्धि वितरण गर्ने अभियान प्रारम्भ गरेका थिए। साम्यवादले गरिबीमा समानता खोज्छ। उदार समाजवादले समृद्धिमा समानता खोज्छ। सबैलाई गरिब बनाएर समानताको कुरा गर्नु र सबैलाई समृद्ध बनाएर समान बनाउनुमा ठूलो अन्तर छ। राजनीतिमा साम्यवाद भए पनि चीनमा अहिले सामाजिक–आर्थिक रूपान्तरण समाजवादका उदारवादी सिद्धान्तका आधारमा भइरहेको छ। डेढ अर्ब जनतालाई साथ लिएर तीव्र आर्थिक विकास चीनको आजको परिचय भएको छ।

माक्र्सवादी पार्टीका कतिपय ‘धनपति’ सदस्यहरूले त अब माक्र्सको नाउँ उच्चारण गर्न पनि लाज मान्नुपर्ने हो।

समृद्धिको शिखर चढ्दै गरेको साम्यवादी राष्ट्रका शक्तिशाली नेताले संसारका साम्यवादको आवरणमा नेतृत्व गरिरहेका सबै नेताहरूले सुन्ने गरी व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्तैनन् भन्ने सन्देश दिएका छन्। जसले माक्र्सवादमा विश्वास गर्छ, त्यससँग एक चपरी जग्गा र एक मुठी अन्नसमेत आफ्नो नाउँमा रहनु हुँदैन । साम्यवादी हुनलाई सर्वहारा हुनैपर्छ । सर्वहारा हुनका लागि उससँग आफ्नो स्वामित्वमा केही पनि रहनु हुँदैन। यही सिद्धान्तलाई अवलम्बन गर्दै दश वर्षे सशस्त्र हिंसात्मक आन्दोलनका समयमा कतिपय माओवादी नेताहरूले आफ्नो श्रीसम्पत्ति पार्टीका नाममा गराएका थिए । तर त्यही हिंसात्मक आन्दोलनलाई हतियार बनाएर अनेक माओवादी नेता कार्यकर्ताहरू अनायास अकुत सम्पत्तिका मालिकसमेत भएका छन् । पार्टीमा नै सम्पत्ति बुझाउने अभ्यास यसरी असफल भएको थियो।

व्यक्तिगत सम्पत्ति राख्नेहरू यथार्थमा साम्यवादी वा माक्र्सवादी होइनन् । हुनैै सक्दैनन् ।यसोभन्दा कतिपय सम्पत्तिका मालिक साम्यवादीहरूको चित्त दुख्न सक्छ । उनीहरूको अकुत सम्पत्तिले यस भनाइलाई गिज्याइरहेको हुन्छ। सर्वहाराका नाउँमा अथाह सम्पत्तिको मालिक हुनेहरू यथार्थमा विपन्न र सीमान्तीकृतहरूलाई भ्रम छरिरहेका छन् । भ्रमको जालोमा विपन्न वर्ग अल्झिरहेसम्म यसैगरी समाज चलिनै रहन्छ।

कृष्णप्रसाद भट्टराईको आफ्नो घर–सम्पत्ति केही थिएन। सुशील कोइराला वा गिरिजाप्रसाद कोइरालाले काठमाडौँमा घरको सपना बनाएनन्। जसको निरन्तर आलोचना गर्न साम्यवादीहरूले धेरै शब्द खर्च गरेका थिए। तर माक्र्सवादी पूर्वप्रधानमन्त्रीहरू केपी ओली, माधव नेपाल, झलनाथ खनाल सबै समृद्ध छन् र राजधानीमा घरघडेरी जोडेर बसेका छन्।

नेपाली राजनीतिमा देखिएको दुर्भाग्य के हो भने सबैभन्दा बढी सम्पत्ति आफ्नो वा परिवारको नाममा नराख्ने मानिस माक्र्सवादी वा साम्यवादी नहुने भएको छ । जोसँग धेरै सम्पत्ति छ र जसले सर्वाधिक सुविधा लिइरहेको छ त्यो माक्र्सवादको बहस गर्ने र नेतृत्व लिने स्थानमा पुगेको देखिन्छ । जनतालाई अमूर्त सपना देखाएर आफूलाई स्थापित गर्ने कला नेपाली माक्र्सवादीहरूमा पर्याप्त छ। जनता पनि आँखै अगाडि भइरहेको दृश्यप्रति त्यति जागरूक छैनन्।

अहिलेको समयमा माक्र्सवादमा विश्वास गर्नेहरूले श्रीसम्पत्ति राख्न नपाउने चिन्तनलाई जडसूत्रवादी भन्न पनि सक्नेछन्। किनकि अधिकांश माक्र्सवादीहरू अस्पताल, विद्यालय, कलकारखाना, बन्दव्यापार, सेयर, जग्गा दलाली, कमिसन, ठेक्कापट्टा सबैमा वैधअवैध जेजसरी हुन्छ आफ्नो परिवारको उन्नयनकालागि तल्लीन भएको देखिन्छ ।केही इमानदार रहेका भए पनि उनीहरूको आवाज निकै मसिनो हुन्छ। त्यस्ता इमानदारहरू विरलै नेतृत्वमा पुग्न सफल हुन्छन्। सबै जना बोधराज काफ्ले, बलराम उपाध्याय, गोविन्द ज्ञवाली जस्ता हुँदैनन् ।विचार निरन्तर परिवर्तनशील र सामयिक हुन्छ भन्ने मान्यताका आधारमा यसो भन्नु असंगत हुँदैन । तर समय र स्थानअनुसार विचार सुधार गर्ने, प्रयोग गर्ने र आफू अनुकूल परिभाषा र व्याख्या गर्ने हो भने मूल सिद्धान्तका भाष्यकारका नाममा आफ्नो परिचय स्थापित गर्नुको कुनै औचित्य हुँदैन।

यतिखेर यो प्रसंग किन उठिरहेको छ भने नेपालको इतिहासमा पहिलो पटक माक्र्सवादीपार्टीको एकल सरकार गठन भएको छ । विगतमा दुई पृथक् धारका साम्यवादी पार्टीहरू एकाकार भएर नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी गठन गरेका छन् । वैधानिकता पूरा गर्न मात्र अन्डरलाइनको सहारा लिइएको छ ।माक्र्सवाद लेनिनवादको वैशाखीमा सरकारमा पुगेका ती सबै नेताहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनीहरू आफैँले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा नेपाल कम्युनिस्ट पार्टीका यी सदस्यहरू सामन्तीयुगका महासामन्तहरू जस्तो लाग्छन्।

माक्र्सवादी पार्टीका कतिपय सदस्यहरूले त अब माक्र्सको नाउँ उच्चारण गर्न पनि लाजमर्दो भएको हुनसक्छ । सकेसम्म माक्र्सका कुरा कसैले नसुनाइदेओस् जस्तो लाग्नसक्छ । रघुवीर महासेठ वा युवराज खतिवडाजस्ता कम्युनिस्ट नेताहरूलाई माक्र्सका सिद्धान्तको स्मरण गर्दा पनि त्यसै टाउको दुखेर आउँछ होला । रघुवीर महासेठको सम्पत्तिको विवरण पढ्दा मधेसका ती लाउन र खान नपाउने जनताले कसरी उनलाई कम्युनिस्ट भनेर मतदान गरे आफैँमा आश्चर्यको विषय छ । त्यो भन्दा पनि ठूलो कुरा प्रायः माक्र्सवादी नेताहरूले आफ्नो सम्पत्तिमा जोडिएको सुन र नगद श्रीमतीका नाउँको दाइजो भनेका छन् । नेपालको कानुनले दाइजो निषेध गरेको दशकौँ भइसकेको छ । अहिले दाइजोप्रथालाई कुप्रथा मानिन्छ । दाइजोप्रथा, बोक्साबोक्सी प्रथा, छाउपडी प्रथालाई छुवाछूतप्रथा जस्तै गरी समाजको कुष्ठरोगका रूपमा चित्रण गरिन्छ । आफूलाई माक्र्सवादी र प्रगतिशील मान्नेहरू नै दाइजो बटुल्दै हिँड्न लागेपछि समाजको रूपान्तरण कसरी हुन्छ ? यस्ता विषयमा कारबाही गर्ने क्षमता प्रधानमन्त्रीमा छ ?

कानुन र संविधानको पालना सख्तरूपमा गर्न वचनबद्ध प्रधानमन्त्री ओलीकालागि आफ्नै मन्त्रीहरूले देखाएको दाइजोथप चुनौती भएको छ । त्यसो त स्वयं प्रधानमन्त्री ओलीको सम्पत्ति विवरणमाथि समेत प्रश्न गर्ने ठाउँ छन्। निरन्तर राजनीति गरेका, ०४६ सम्म जेल र भूमिगत जीवन बिताएका, कुनै अर्को पेसा र व्यवसाय नभएका, ठेक्कापट्टाको काम नगरेका, सामान ओसारपासर कतै नगरेका, कुनै स्कुल, कलेज, अस्पताल सञ्चालन नगरेका अन्तर्राष्ट्रिय संस्थाहरूमा जागिर नखाएका प्रधानमन्त्रीका काठमाडौँमा दुइटा घर र बैंकमा बचत, सेयर लगानी आदि कसरी सम्भव भयो ? विगतमा उहाँकी पत्नीको कमाइबाट मात्र सम्भव हुन्छ त ? कि उहाँले पनि कतैबाट दाइजो पाउनुभएको छ ? यी प्रश्न अस्वाभाविक हुँदैनन्।

एकताका वामदेव गौतमले छोराको बिहेमा दाइजो पाएको महँगो गाडी आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । उनका सम्धी पुराना पत्रकार र केही समय राष्ट्रिय पञ्चायतको सदस्य र एकपटक संसद्को सदस्य भएका चितवनका जागृतप्रसाद भेटवाल हुन् । हामी धेरै पत्रकारहरूलाई भेटुवालजीको पत्रकारिताको पीडाबारे जानकारी थियो। उनको पीडाको स्मरण गर्ने हो भने सांसद भएपछि भेटुवालजीले अकुत आर्जन गरेको मान्नुपर्ने हुन्छ कि तगौतमजीले समाजलाई ढाटे भन्नुपर्ने हुन्छ। दाइजो दिने ससुरालीहरूको हैसियत समेत समाजले हेर्नुपर्छ।

नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्रीहरूमध्ये शेरबहादुर देउवा अपवाद मानिएका छन् । अन्यथा कृष्णप्रसाद भट्टराईको जीवनभर आफ्नो घर सम्पत्ति केही थिएन । सुशील कोइराला वा गिरिजाप्रसाद कोइरालाले काठमाडौँमा घरको सपना बनाएनन् । जसको निरन्तर आलोचना गर्न साम्यवादीहरूले धेरै शब्द खर्च गरेका थिए। तर माक्र्सवादी प्रधानमन्त्रीहरू केपी ओली, माधव नेपाल, झलनाथ खनाल सबै समृद्ध छन् र राजधानीमा घरघडेरी जोडेर बसेका छन्। पुष्पकमल दाहालको घर प्रत्यक्षमा काठमाडौँमा देखिँदैन । तर उहाँका विषयमा भरखरै मात्र आफ्ना दुई छोरीहरूका लागि करोडौँको घरजग्गा किनिदिएको अरोप लागिरहेको छ । दाहालका पूर्वसहकर्मी बाबुराम भट्टराईले त केही दिन पहिले दाहालमाथि अबौँको भ्रष्टाचार गरेको, लडाकुका हतियारसमेत बेचेर खान खोजेको भन्ने गम्भीर आरोप लगाएका छन् । यदि यो आरोप सही हो भने त्यो निकै गम्भीर छ । यदि होइन भने डा. भट्टराईले किन यसो भनिरहनुभएको छ, त्यो स्पष्ट हुनु जरुरी छ ।यथार्थमा नेपालका साम्यवादी यी नेताहरूले अब कुनै पनि अर्थमा माक्र्सवाद–लेनिनवादको आवरणमा लुक्नु हास्यास्पद हुन पुगेको छ।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad