शिवपुरी बाबाको स्वधर्म अंग्रेजीमा

बुधबार, १६ जेठ २०७५, ०९ : १७ नागरिक

32


काठमाडौं– चौध वर्षअघि प्रकाशित शिवपुरी बाबाका आशीर्वचनहरुको संकलन ‘स्वधर्म’को अंग्रेजी संस्करण प्रकाशित भएको छ।

स्वामी गोविन्दानन्द भारती जो काठमाडौंको उत्तरी थुम्को शिवपुरीमा आएर बसे र कालान्तरमा शिवपुरी बाबाको नामले प्रसिद्ध भए उनको शिक्षाको बारेमा प्रकाश पार्ने पुस्तक ‘स्वधर्म’लाई अंग्रेजी पाठकहरुलाई लक्षित गरी सो संस्करण निकालिएको हो । ‘स्वधर्म’ अंग्रेजी संस्करणको अनुवाद नेपाली संस्करणकै लेखक विष्णुप्रसाद तिमिल्सिनाले गरेका हुन्।

पुस्तकमा ध्यान, भक्ति, गुरु, शिक्षाको बारेमा बाबाले बताएका सामान्यजनका जिज्ञासालाई सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तकमा बाबाले अहिलेका आधुनिक समाजमा तथा गृहस्थलाई लक्षित गरी अध्यात्म मार्गका बारेमा बताएका छन्, जुन स्वधर्मको नामले बुझिन्छ ।

बाबाले स्वधर्मलाई तीन तहमा अथ्र्याएका छन्, शारीरिक, अनुशासन, नैतिक अनुशासन र आध्यात्मिक अनुशासन । शारीरिक अनुशासनभित्र शरीरिक र आफ्ना नियमित कर्तव्य पूरा भएपछि परमात्मा चिन्तनमा मन लगाउँदै गएपछि तेस्रो तथा अध्यात्मिक अनुशासनको तहमा पुगिन्छ, जहाँ धारणा, ध्यान, समाधिमा लागिरहनु नै मनुष्यको अन्तिम कर्तव्य भएको उल्लेख छ।

स्वधर्मलाई सम्झाउन पुस्तकमा कर्म, अकर्म र विमर्कको रुपक पनि प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ । समाज र कानुनले निषेध गरेको विकर्ममा लाग्दै नलाग्ने, नगरे पनि हुने काममा नलाग्ने र आफूले गर्नुपर्ने कार्य गर्दै भएमा विवेक धारिलो बन्छ र कुण्डिलिनी शक्तिहरु जागृत भएपछि आफ्नो लक्ष्यमा पुगिन्छ भन्ने कुरालाई सहज ढंगमा अथ्र्याइएको छ।

अंग्रेजी संस्करणमा बाबाले प्रयोग गरेका सरममानहरुको रंगीन तस्बिरका साथैै यसअघिका तीन संस्करणलाई अद्यावधी र थपथाप गरी आकर्षण कलेबरमा प्रस्तुत गरिएको हो । बाबाको देहान्त १ सय ३७ वर्षमा २०१९ माघ १५ गते पशुपति क्षेत्रस्थित ध्रुवस्थलीस्थित आश्रममा भएको हो ।
 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon