८ वैशाख २०८१ शनिबार
खेल

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

पहिलो दिन उद्घाटन सत्र भएपछि भएको खेलमा आयोजक भीमदत्तले बैतडीको मेलौलीलाई सोझो तीन सेटमा पराजित गरेको छ। लीग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा बिहान सम्पन्न भएको खेलमा भीमदत्तले घरेलु मैदानमा २५–१४, २५– ११ र २५–१६ को फराकिलो अन्तरमा पराजित गरेको हो। 

भीमदत्त नगरपालिकाको आयोजनामा आयोजित प्रतियोगितामा प्रदेशका ११ टीमको सहभागिता रहेको छ। जेठ १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा कञ्चनपुरबाट भीमदत्त नगरपालिका, पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाले सहभागिता जनाएका छन्। 

यस्तै बैतडीबाट पनि तीन टीमको सहभागिता रहेको छ। जसमा पञ्चेश्वर, मेलौली र दशरथ नगरपालिकाले सहभागिता जनाएको आयोजकले जनाएको छ। यससंगै कैलालीबाट टीकापुर नगरपालिका र धनगढी नगरपालिकाको सहभागिता छ भने डडेल्धुराबाट अमरगढी नगरपालिका, अछामबाट साफेबगर नगरपालिका र दार्चुलाबाट शैलेशिखरले सहभागिता जनाएको प्रतियोगिताका संयोजक हरकसिंह धामीले जानकारी गराए।

यस प्रदेशले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पहिलो हुने टीमलाई एक लाख एघार हजार एक सय रुपैया, दोस्रो हुने टीमलाई ७१ हजार एक सय ११ रुपैया र तेस्रो हुने टीमलाई ५१ हजार एक सय ११ रुपैया पुरस्कार राखिएको छ।
प्रतियोगिता यस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रमुख अतिथी थिए। कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए।

प्रमुख अतिथीले यस क्षेत्रबाट थुप्रै प्रतिभा जन्मेकाले यस्ता प्रतियोगिताले थप प्रोत्साहन गर्ने बताए। यहाँ प्रतिभाको कुनै कमि नभएको तर उनिहरुलाई अवसर दिनुपर्ने उनको जिकिर थियो। 

महेन्द्रनगरको खुला मञ्चमा जारी प्रतियोगितामा भीमदत्तका मेयर बिष्टले रनिङ्ग शिल्डका रुपमा आयोजित यस भलिबल प्रतियोगितासंगै अन्य खेललाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। 

प्रकाशित: १५ जेष्ठ २०७५ १६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App