coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बंगलामुखी आयल स्टोरमा शिलबन्दी

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ।  

विभागको टोलीले मंगलबार डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भ-याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो। 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ-याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताए। 

यसैगरी विभागले साेमबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो। 

प्रकाशित: १५ जेष्ठ २०७५ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App