७ वैशाख २०८१ शुक्रबार
अर्थ

सरकारले ल्यायो १३ खर्ब १५ अर्बको बजेट, के के छन् प्राथमिकतामा (पूर्ण पाठसहित)

बजेट प्रस्तुत गर्न संसद भवन जाँदै अर्थमन्त्री डा. युवराज खतिवडा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।

कुल विनियोजनमध्ये चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ करोड ६० लाख रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख व्यहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख न्यून हुने बजेटमा उल्लेख छ। सो पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख जुटाइने र राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि अनपुग हुने १ अर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ।

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बजेटले रोजगार वृद्धिदेखि वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै समृद्ध नेपाल बनाउने मार्गचित्र कोरेको छ।

हेर्नुस् बजेटको पूर्णपाठः

प्रकाशित: १५ जेष्ठ २०७५ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App