१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दीप लर्डस जाँदै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने मंगलबार (आज) बेलुकी इङल्याण्डको लर्डस जाँदैछन्। आउँदो बिहीबार वेष्ट इण्डिज र विश्व ११ बीच हुने च्यारिटी खेलका लागि सन्दीप बेलुकी साढे ९ बजे कतार एअरवेजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। 

सन्दीप केही दिनअघि मात्र भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका हुन्। उनले डिल्ली डेयर डेभिल्सबाट अन्तिम ३ खेल खेल्दै ५ विकेट लिएका थिए। ३ खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपको अहिले विश्वभरीनै चर्चा भइरहेको छ। 

लर्डस जानुअघि आज भएको पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ का तर्फबाट नेपालको प्रतिनिधित्व गर्न पाएकोमा आफू निकै खुसी रहेको प्रतिक्रिया दिएका छन्। उनले यो उपलब्धी आफ्ना र देशका लागि निकै महत्वपूर्ण भएको बताए। विश्व ११ बाट वेष्ट इन्डिजसँगको खेल आफ्ना लागि आइपीएल भन्दा पनि ठूलो अवसर भएको भन्दै यहाँबाट आफूले धेरै कुरा सिक्ने बताए। 

विश्व ११ को नेतृत्व इङल्याण्डका कप्तान इयन मोर्गनले गर्दैछन्। उनीसँगै नेपालका सन्दीप लामिछाने, भारतका हार्दिक पाण्ड्या र दिनेश कार्तिक, पाकिस्तानी अलराउन्ड शहिद अफ्रिदी र शोएब मलिक, श्रीलंकाका थिसारा परेरा, बंगलादेशका तामिम इकबाल, अफगानिस्तानका रशिद खान, न्युजिल्याण्डका मिचले म्याकलेनाघन र लुक रोन्ची पनि विश्व ११ बाट खेल्दैछन्।

अन्तिम समयमा आएर बंगलादेशका अलराउन्डर सकिब अल हसनले विश्व ११ का तर्फबाट नाम फिर्ता लिएपछि सन्दीपका लागि बाटो खुलेको हो।

प्रकाशित: १५ जेष्ठ २०७५ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App