काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

मङ्गलबार, १५ जेठ २०७५, १४ : २५ हिमनाथ देवकोटा

रसुवा – काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो। 

करिब २० लाखको लागतमा जिल्लाको जिबजिबे, कटुञ्जे, डाँडागाउँ, कर्मिडाँडा, पाटीखर्क र कैदलीटारमा पोखरी निर्माण गरिएको जनजागृती महिला समुह रसुवाले जनाएको छ। प्राक्टिकल एक्सन नेपालको आर्थिक र एएसएफ नेपालको प्राविधिक सहयोगमा संस्थाले पोखरी निर्माण गरेको हो। 

संस्थाले पोखरी निर्माणका लागि प्रति पोखरी एक लाख सहयोग गरेको छ। एउटा पोखरी निर्माणका लागि तीन लाख ३० हजार खर्च हुन्छ। काठलाई रासायनिक मिश्रणमा ढुबाउनका लागि स्थायी आरसीसी पोखरी निर्माण गरिएको कार्यक्रम संयोजक केशवराज अर्यालले जानकारी दिए।  

‘भवन आचारसंहिताले ग्रामीण भवनहरूको निर्माणमा काठको प्रयोगलाई जोड दिएको छ, कार्यक्रम संयोजक अर्यालले भने, घरमा प्रयोग गरिने काठलाई दिगो बनाउनका लागि हामीले डिओटी प्रविधि सुरु गरेका छौँ।’

काठ प्रशोधनको विभिन्न प्रक्रियाहरूमध्ये डिओटी प्रविधि सस्तो, वातावरणमैत्री, कम बिषालु, आगो प्रतिरोधात्मक र सरल हुने उनले बताए। यो प्रविधि प्रयोग गर्दा एक क्युब फिट काठमा ८० रुपैयाँ खर्च बढ्ने बताइएको छ। 

संस्थाले जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा यो प्रविधिको प्रयोग गरिरहेको छ। माथिल्लो क्षेत्रमा चिसो बढि हुने भएकाले तल्लो क्षेत्रमा यसको प्रयोग बढाइएको हो। काठभित्र रसायन पसेको वा नपसेको पनि जाँच गर्न सकिने भएकाले यसको प्रभावकारिता बढि हुने संस्थाले जनाएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad