coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

काठमाडौं – माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

उनले ढुंगेलको रिहाइले कानुनी राज्यको उपहास भएको बताएका छन्। ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?’, महरले भने, ‘देशलाई अस्तव्यस्त बनाउने खालका कृयाकलाप कदापी स्वीकार्य हुँदैन।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल आज रिहा भएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App