८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङ कारागारबाट १५ कैदी छुटे

ताप्लेजुङ – गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकैदिन १५ कैदी बन्दी छुटेका छन्।

कारागार व्यवस्थापन विभागले सोमबार राती कैद मिनाहामा परी छुट्ने कैदी बन्दीको सूची जिल्ला कारागार शाखालाई पठाएको थियो। कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ। 

जिल्ला कारागार शाखाका निमित्त प्रमुख धनीराम सिंहका अनुसार साविकको पापुङ–२ का तेम्बा शेर्पा, हाङपाङका टाउके बिजय भनिने शुभचन्द्र चोङ्वाङ, पथरी शनिश्चरे मोरङका प्रदिपकुमार राई, सोही ठाउँका राजकुमार राई र जीतबहादुर लिम्बू, चाँगे ताप्लेजुङका पर्शुराम पाख्रिन तामाङ, थेचम्बुका प्रकाश ईजम र  फुङलिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुका हस्तबहादुर भनिने अनिल लेछर्बोको बाँकी कैद मिनाहा गरिएको छ।

सिंहका अनुसार कैद मिनाहा भई छुटेकाका फुङलिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुका कुमार लेछर्बो, नाल्बुका ङोमा भनिने श्रीप्रसाद नाल्वो, सोहि ठाउँका सूर्यमान नाल्वो, सुरुम्खिका सुनिल भनिने मनिराज ईम्बुङ, सान्थाक्राका सुकु शेर्पा, सोहि ठाउँका प्रेम भनिने मिङ्मा रेञ्जी शेर्पा र काँईला भनिने फूर्वा शेर्पा पनि थुनामुक्त भएका छन्। 

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App