coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा जान फाेरमले राजपासँग छलफल गर्ने, राजपा नेता भने सशंकित

काठमाडौं– सरकारमा जाने सहमति गरेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)सँग पनि सल्लाह गर्ने भएका छन् । दुई नम्बर प्रदेशमा सत्ता साझेदार रहेका राजपासँग छलफल गर्ने कुरा भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपका तर्फबाट दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल र फोरमबाट यादवले सहमतिमा हस्ताक्षर गरेपछि एकपटक राजपासँग पनि सल्लाह गर्ने कुरा भएको स्रोतले बतायो । 

‘उहाँहरु (राजपाका नेताहरु)सँग पनि एकपटक छलफल गर्छौ,’ अध्यक्ष यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘छलफलपछि कहिले सरकारमा जाने जाने टुंगो लगाउनेछौं ।’ 

यता यादवले मनोमानी तरिकाले नेकपासँग सहमति गरेको भन्दै राजपाका शीर्ष नेताहरु संशकित बनेका छन् । दुई नम्बर प्रदेशमा सत्ता साझेदारी नै टुट्ने  भयले उनीहरु संशकित बनेका हुन् । सहमति पत्रमा ‘मधेस’ शब्दसमेत गायब पारेको भन्दै उपेन्द्र यादवले फोरम–राजपाबीच भएको सहमति उल्लघंन गरेको आरोप राजपा नेताहरुको छ । 

राजपाका एक शीर्ष नेताले फोरमबाट छलफलका लागि अहिलेसम्म कुनै खालको प्रस्ताव नआएको बताए । उनले दुई नम्बर प्रदेशमा अहिल्यै गठबन्धन टुट्ने सम्भावना पनि नरहेको बताए ।

‘अहिल्यै गठबन्धन टुटेको छैन । तर फोरमले सहमति उल्लघंन गर्दैछ,’ राजपाका एक शीर्ष नेताले भने, ‘जेठ २५ गते पार्टीको बस्ने बैठकले यसबारे केही निर्णय गर्नेछ ।’ 

अापसी सहमतिकाे अाधारमा संविधान संशाेधन गर्न नेकपा तयार भएपछि साेमबार संघीय समाजवादी फाेरम सरकारमा जान तयार भएकाे थियाे। 

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App