coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हाज्लेउडको स्थानमा निसेर

सिड्नी – अस्ट्रेलियाले आगामी महिना इङल्यान्डविरुद्ध हुने पाँच एकदिवसीय शृंखलाका लागि तीव्र गतिका बलर जस हाज्लेउडको स्थानमा मिचेल निसेरलाई समावेश गरेको छ।

हाज्लेउडले सोमबार ढाडको समस्याका कारण इङ्ल्यान्ड भ्रमण टोलीबाट नाम फिर्ता लिएपछि निसेरलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइएको हो । यसअघि अर्का तीव्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिङ्सले पनि चोटका कारण शृंखलाबाट नाम फिर्ता लिएका थिए।

निसेर गत सिजन अस्ट्रेलियाली घरेलु एकदिवसिय प्रतियोगितामा क्विन्डल्यान्डका तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी हुन्।

शृंखलाअन्तर्गतको पहिलो खेल १३ जुनमा हुनेछ भने दोस्रो खेल जुन १६ मा, तेस्रो खेल जुन १९ मा, चौथो खेल जुन २१ र पाँचौं तथा अन्तिम खेल जुन २४ मा हुनेछ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App