coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राजधानीमा विभिन्न देशका थिएटर

काठमाडौं – राजधानी काठमाडौंमा यतिबेला विभिन्न देशका नाटक थिएटरमा चलिरहेको छ ।  शनिबारदेखि दोस्रो काठमाडौं अक्षरा अन्तराष्ट्रिय थियटर फेस्टिभल सुरु भएको हो।

फेस्टिभलको प्राडा अभि सुवेदीले उद्घाटन गरे । अक्षरा स्कुलको अभि थिएटरमा भएको फेस्टिभलको पहिलो सो नेपालको तर्फबाट अक्षरा स्कुलका विद्यार्थीले ‘व्युटी इज अ विस्ट’ शीर्षकमा नाटक प्रस्तुत गरे । दोस्रो सो बंगलादेशका बालबालिकाले ‘फ्लोर अफ द सोल’ नाटक प्रस्तुत गरे । त्यहाँको अनिसन विक्रोमपुर थियटरका बालबालिकाले नाटक प्रस्तुत गरेका थिए।

थियटरको उद्घाटन गर्दै प्राध्यापक सुवेदीले शैक्षिक प्रणालीमा उर्जा थप्ने हो भने नाटक संस्कृति विकास गर्नु पर्नेमा जोड दिए । ‘नठगी शिक्षा दिने हो भने थिएटर कल्चर हुनै पर्छ,’ सुवेदीले भने, ‘बालबालिकामा मानवता सिकाउन थिएटर चाहिन्छ ।’ बालबालिकाको लागि थिएटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको भन्दै उनले प्रशंसा गरे।

स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले क्रस कल्चर एक्स्चेन्चको अवधारणा अनुसार यो महोत्सव आयोजना गरेको जानकारी दिइन् । ‘स्कुलको मिसन भनेकै ग्लोबल सिटिजन तयार गर्ने हो,’ उनले भनिन्, ‘मानवीयतालाई वृहत रुपबाट जोड्न सकियोस् भनेर यो कार्यक्रम गरिएको हो । रंगमञ्चलाई शिक्षासंग जोडियो भने सिर्जनात्मक सिकाइको अभ्यास हुन सक्छ । अन्तराष्टिय स्तरको महोत्सवले अनुभव साटा साट हुन्छ । बालबालिकाको मनोवल बढ्छ ।’महोत्सवको परिकल्पना, निर्देशन रंगकर्मी टंक चौंलागाइले गरेका हुन् । यस्ता महोत्सवले अरु देशको नाटक संस्कृति नियाल्न सहयोग पुग्ने चौलागाइले बताए । महोत्सवमा बंगलादेश, भारत, पाकिस्तान, डेनमार्क, जर्मनी, रसिया, इन्डोनेशिया, श्रीलंका, स्विजरल्यान्ड गरी दश देशको सहभागीता छ।

महोत्सवअघि बालबालिका, अभिभावक लगायतले काँडाघारी क्षेत्रमा झाँकीसहित नगर परिक्रममा गरेका थिए । झाँकीमा आ आफ्नो देशको भेषभुषा प्रदर्शन गरिएको थियो । परम्परागत बाजागाजासहित नगर परिक्रममा गरिएको थियो । महोत्सव चार दिनसम्म संचालन हुने जनाइएको छ । हरेक दिन दिउँसो र साँझ दुई पटक नाटक प्रदर्शन गर्ने गरिएको आयोजकले बतायो । उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App