७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई चिकित्सक समूह प्रतिस्पर्धामा

काठमाडौं- नेपाल चिकित्सक संघको शुक्रबारदेखि सुरु हुने निर्वाचनमा प्रमुख दुई राजनीतिक विचारधारानिकट चिकित्सक छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा देखिएका छन्।

लामो समयदेखि चिकित्सक संघमा वर्चश्व राख्दै आएको डेमोक्रयाटिक समूहबाट मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी समूहको नाममा रमेश ढकाल नेतृत्वको समूह मैदानमा उत्रिएको छ। करिब साढे ५ हजार सदस्य रहेको सबैभन्दा पुरानो पेसागत संगठनमा डेमोक्रेटिकको वर्चश्वलाई चुनौती दिन ढकाल समूहले विभिन्न क्षेत्र र समुदायका युवा चिकित्सकलाई मैदानमा उतारेको छ।

ढकालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर परम्परागत ढर्रामा चलेको संघलाई नयाँ गति र दिशा दिन आफूहरू अगाडि आएको दाबी गरे। श्रेष्ठ समूहबाट महासचिवमा उमेदवारी दिएका डा.लोचन कार्कीले आफूहरुले संघको मर्यादा र गरिमा जोगाउँदै थप गति र उचाई दिन सक्नेलाई मैदानमा ल्याएको बताए। संघको भाद्र १७ र १८ मा उपत्यकाबाहिर तथा २१ देखि २५ सम्म उपत्यकामा मतदान हुने कार्यक्रम छ।

प्रकाशित: १७ भाद्र २०७३ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App