coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण हुँदै

रौतहटको देवाही गोनाही नगरपालिकाको देवाही गाउँस्थित लालबकैया नदीले भत्काएको बाँध मर्मत कार्य निरीक्षण गर्दै ।तस्बिर : मदन/नागरिक

रौतहट - गत वर्ष लालबकैया नदीमा आएको विनासकारी बाढीले भत्काएको तटबन्ध धमाधम निर्माण भइरहेको छ । बाढीले नदीको दुवैतिरका संरचनाहरु भत्काएको करिब १० महिनापछि निर्माण कार्य सुरु भएको छ।

आर्थिक वर्ष सम्पन्न हुन लाग्दा र फेरि बाढी आउने समय आउन लाग्दा धमाधम संरचना निर्माण हुन थालेपछि जनप्रतिनिधिको पनि ध्यान तानिएको छ । निर्माण हुन लागेको भौतिक संरचनाप्रति स्थानीय प्रशासनको पनि ध्यानाकृष्ट भएको छ । निर्माणाधीन संरचनाको गुणस्तरका विषयमा प्रशासनका पदाधिकारीसहित साँसद र प्राविधिक टोलीले निरीक्षण गरेका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत देवाही मौलापुर जोड्ने बाटोलाई बकैया नदीमा गत साउन महिनामा आएको भिषण बाढीले बाँधको संरचनालाई भत्काएको थियो । उक्त बाँध मर्मत गर्न स्थानीय प्रशासनले पटक पटक जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालय परवानीपुरलाई ताकेता गरेपछि गत सातादेखि मर्मत कार्य प्रारम्भ भएको हो।

निर्माणाधीन बाँधको संरचनाको गुणस्तरीय होस् भन्ने चाहना राखेर पूर्वमन्त्री एवं साँसद प्रभु साह, प्रदेश साँसद कुन्दन कुशवाहा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन प्रमुख राजकुमार गुप्ता, सडक डिभिजन कार्यालय चन्द्रपुरका इन्जिनियर श्यामनारायण मिश्रसहितका पदाधिकारीले स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा संलग्न पक्षलाई गुणस्तरीय काम गर्न थप निर्देशन दिए ।

निरीक्षणकै क्रममा देवाही बजारमा स्थानीयको उस्थितिमा स्थानीय सरकारका पदाधिकारी, साँसद, प्रजिअ, प्रदेश साँसद, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका इन्जिनियर, जिल्ला वन कार्यालयका प्रमुख, रेड क्रसका प्रतिनिधि लगायत विभिन्न लाइन एजेन्सीका पदाधिकारीबीच छलफल गरी स्थानीय स्तरमा रहेका विभिन्न समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए।

छलफलमा क्षेत्र साँसद प्रभु साहले गत साउन महिनामा आएको भिषण बाढीबाट रौतहटमा सबैभन्दा बढी जनधनको क्षति भए पनि राज्यबाट युद्धस्तरमा हुनुपर्ने कार्यहरु हुन नसकेको आरोप लगाए । बाढीपीडितलाई अहिलेसम्म ठोस रुपमा राहत नदिएको, उनीहरुलाई पुनर्वासको समुचित व्यवस्थापन नगरिएको तथा जेठ महिनामा आएर भत्किएका बाँध मर्मत हुँदा राज्यबाट रौतहटका जनतालाई उपेक्षा गरिएको उनको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले बाढी आउनु अगावै भत्किएका संरचना मर्मत गर्न नदी नियन्त्रणका प्रमुखलाई निर्देशन दिँदै बाढीले बगाएका बाटो पनि अविलम्ब बनाएर यातायात सुचारु गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् । यदि जनतासँग जोडिएका विषयमा गम्भीर नभएमा सम्बन्धित कार्यालयका प्रमुखलाई निगरानीमा राखेका बताउँदै प्रजिअ रिजालले बजेट नभए तुरुन्त माग गर्न आग्रह गरे।

निरीक्षणकै क्रममा मौलापुरमा कछुवा गतिमा निर्माण भइरहेको विद्युत् सब स्टेसन निर्माण कार्य निर्धारित समयमा पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई प्रजिअ रिजालले निर्देशन दिए । ठेक्का सकार गरेर काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राखेर ठेक्का खारेज गरी अर्को ठेक्का लगाउन सक्ने अवस्था आउन सकिने बताउँदै प्रजिअ रिजालले स्थानीय गम्भीर भएर विकास निर्माणका कार्यहरु निर्धारित समयमा सम्पन्न गराउनेतर्फ सहयोगी हुनुपर्नेमा जोड दिए ।

लालबकैया नदीको पूर्वी र पश्चिमी गरी २२ स्थानमा बाँधको संरचना भत्किएको छ । भत्किएका बाँधका संरचना तत्कालै मर्मसम्भार गरी यसपाली बाढीबाट कुनै क्षति नहुनेतर्फ सबै सचेत हुनुपर्नेमा जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयका प्रमुख श्रीवास्तवले जोड दिए ।

गत साउनको भन्दा बढी एमा त्यसको कुनै विकल्प नरहने उनले स्पष्ट पारे । ‘हाम्रा प्राविधिक रातदिन मर्मत कार्यमा खटिरहेका छन्, उनले भने, ‘बजेट पनि कम रहेकोमा स्थानीय तहबाट पनि सहयोग भएमा राम्रो हुन्छ ।’बकैया नदीको दुवै किनारमा भत्किएको संरचनाको पुनर्निर्माण भइरहेको छ तर, बागमती नदीले भत्काएको संरचनाको पुन निर्माण अझै सुरु हुन सकेको छैन । यसबारे प्रमुख श्रीवास्तवलाई सोध्दा बागमती नदीले भत्किाएको बाँधको संरचनाको मर्मत पनि यथाशीघ्र सुरु गरिनेतर्फ विभाग सक्रिय रहेको र यसबारे केही दिनमै ठोस निर्णय हुने उनले बताए।

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App