coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टुरिजम प्रोडक्ट प्याकेजिङ एन्ड मार्केटिङ तालिम

खोटाङ– इस्ट टुरिजम मार्ट–२०१८ लाई फलदायी बनाउन नेपाल पर्यटन बोर्डले प्रदेश १ भित्रका पर्यटन व्यवसायीलाई टुरिजम प्रोडक्ट प्याकेजिङ एन्ड मार्केटिङ तालिम दिएको छ ।

आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टमा आउने नेपाल तथा नेपाल बाहिरबाट आउने पर्यटन व्यवसायीलाई आ–आफ्नो क्षेत्रको प्याकेज बेच्न सक्ने क्षमता विकासका लागि पर्यटन बोर्डले पूर्वका पर्यटन व्यवसायीलाई दुईदिने तालिम दिएको हो।

इस्ट टुरिजम मार्टमा सहभागी हुने प्रदेश १ भित्रका जिल्लाका पर्यटन व्यवसायीलाई सहभागी गराएर तालिम आयोजना गरिएको सहजकर्ता एवं तालिम संयोजक एलिना मगरले बताइन् । धरानमा आयोजित टुरिजम प्रोडक्ट प्याकेजिङ एन्ड मार्केटिङ तालिममा प्रदेश १ बाट सोलुखुम्बु बाहेक १३ जिल्लाको पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । तालिममा सहभागी पर्यटन व्यवसायीले आफ्नो क्षेत्रको पर्यटन प्याकेज निर्माण गर्ने दक्षता हाँसिल गरेको आयोजकको भनाइ छ । सहभागी पर्यटन व्यवसायीले आ–आफ्नो जिल्लामा पर्यटक घुमाउनका लागि टुरिजम प्याकेजिङ तयार पारेको बताए ।

तालिमले आफ्नै जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुमफिर गराएर पर्यटन प्रवर्द्धन गर्ने सीप प्राप्त भएको खोटाङबाट सहभागी पर्यटन व्यवसायी जयराम गिरीले बताए ।

गिरीले पाँच दिनभित्र पर्यटकलाई धरानको बुढासुब्बा, बराहक्षेत्र, उदयपुरको रौता, दिक्तेल, मझुवागढी, भुल्के हुँदै हलेसी पु¥याएर पुनः धरानसम्मै फर्काउने नक्सासहित रुटको खाका तयार पारेर प्रस्ताव गरेका छन् । ‘पर्यटन व्यवसायमा लागे पनि हामीलाई टुरिजम प्याकेजिङको कुनै आइडिया थिएन,’ गिरीले भने, ‘तालिमले टुरिजम प्याकेजिङ र मार्केटिङमा केही गर्ने उत्साह मिलेको छ ।’ पूर्वी नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन र विकासका लागि पूर्वका पर्यटन व्यवसायीले इस्ट टुरिज्म मार्ट आयोजना गरेको हो।

त्यस्तै, इस्ट टुरिजम मार्टको प्रचार–प्रसारमा सोमबार भारतका विभिन्न सहर पुगेका पूर्वका पर्यटन व्यवसायी फर्केका छन् । पूर्वका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीसँग मार्टको विषयमा छलफल गर्दै प्रदेश १ भित्र रहेका पर्यटकीय सम्भावनाबारे जानकारी गराएको जनाइएको छ । बिहारको कटियार, पूर्णिया र किसनगञ्ज साथै पश्चिम बंगालको सिलीगुढी र जयगाउँ, सिक्किमको गान्तोकमा प्रचार–प्रसारका कार्यक्रम गरिएको सेल्स मिसन कार्यक्रमका संयोजक वासुदेव बरालले बताए।

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App