काठमाडौं– वेलनेस कम्पनी हिमालय ड्रगले त्वचालाई चिल्लोमुक्त, स्वच्छ र ताजा राख्न मद्दत गर्ने स्ट्रबेरी, पिच, लेमन र ब्लुबेरी जस्ता हितकारी फलहरुको गुण भएको नयाँ फ्रेस स्टार्ट आयल क्लियर फेस वासको बिक्री सुरु गरेको छ।
प्राकृतिक दानाको मिश्रण रहेको फ्रेस स्टार्ट फेस वास त्वचामा रहेको चिल्लोलाई आरामले हटाउँदै फलहरुको स्वच्छ ताजापन प्रदान गर्ने उद्देश्यले विषेश प्रविधिबाट तयार पारिएको कम्पनीले जनाएको छ ।हिमालय फ्रेस स्टार्ट आयल क्लियर फेस वास स्ट्रबेरी, ब्लुबेरी, आरु र कागती गरी चार विकल्पमा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।फेस वासहरुको बजार मूल्य अत्यन्त सुलभ छ । ५० मिलिलिटरको प्याकको एक सय २० पर्छ । यस्तै एक सय मिलिलिटर प्याकको मूल्य दुई सय २४ रुपैयाँ तोकेको छ ।
प्रकाशित: १५ जेष्ठ २०७५ ०१:१९ मंगलबार