coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राष्ट्रकविको स्वास्थ्यमा सुधार, क्याविनमा सारियो

काठमाडाैं- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ। 

उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट साेमबार क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन। उनले भनिन, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ।” घिमिरेको ६ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो। उनको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ। 

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ। धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ। छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्कनेछन्। सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ। रासस

प्रकाशित: १४ जेष्ठ २०७५ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App