७ वैशाख २०८१ शुक्रबार
समाज

उडायो सपना सबै हुरीले (फोटो फिचर)

स्याङ्जा– स्याङ्जाको वालिङ–१ रामबाच्छा देवीस्थानका आधा दर्जन घर तथा गोठका छाना हावाले उडाएर क्षति भएको छ। सोमबार दिउँसो अचानक आएको वर्षासँगै आएको हावाहुरीका कारण देवीस्थान लगायत स्याङ्जाका विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ। हावाहुरीबाट मकै, तरकारी र फलफूल समेत सखाप भएका छन्। हावाहुरीबाट वालिङ्–१ देवीस्थान बस्ने खेमनारायण कोइराला सामान्य घाइते भएको वडा नम्बर १ का अध्यक्ष केदार काफ्लेले जानकारी दिएका छन्। 

वर्षासँगैको हावाहुरीले खेमनारायण कोइरालाको तीन तले घर र गोठको टिनको छाना उडाएको, बालकुमारी कोइराला, ईश्वरी कोइरालाको घर र गोठको छाना उडाएको छ भने कमल पौडेलको गोठको छाना उडाएको छ। स्थानीय ज्योति रावत, डिलबहादुर रावतको गोठको छाना पनि उडाएको छ। घर तथा गोठको छाना उडाएका परिवारलाई आफन्त तथा छिमेकीको घरमा बस्ने व्यवस्था मिलाईएको वडाध्यक्ष काफ्लेले बताए। 

घट्नाबाट भएको क्षतिको व्यहोरा अझै खुलेको छैन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख चीन कपुरका अनुसार घट्नास्थलको मंगलबार मात्र स्थलगत अनुगमन गरी क्षतिको पूर्ण विवरण आउने बताए। साँझ पानी परेकाले घट्ना स्थलको रिपोर्ट बुझ्न गाह्रो हुने गुरुङले बताए। 

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौंलाले घट्नाबाट भएको क्षतिको बारेमा अध्ययन गरी आफूलाई रिपोर्ट गर्न मातहतका निकायलाई जानकारी गराइसेको बताए। स्थानीय गणेश रावतका अनुसार लाखौं रुपैयाँ बराबरको घर, गोठ र बालीनालीमा क्षति पुगेको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App