१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु

डोटी– डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

दिपायलदेखि सुँगरखेत जाँदै गरेको शैलेश्वरी यातायातको से १ ज ८७७ नम्बरको जीप बोगटान गाउँपालिका–६ पलाडीमा दुर्घटनामा परेको हो। दिउँसो करिब ४ बजेतिर सडकबाट एक सय मिटर तल खसेर गाडी दुर्घटनामा परेको स्थानीय बालकृष्ण बोगटीले जानकारी दिए। 

दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको उनले प्रारम्भिक जानकारी दिए। घाइतेमध्ये अधिकांशको अबस्था गम्भीर रहेको उनले बताए। घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन्।  बोगटान गाउँपालिकाको चनुकाँडा र दिपायलबाट प्रहरी परिचालन भएको छ। 

स्थानीयबासीहरु उद्दारमा जुटिरहेका छन्। एम्बुलेन्स नहुँदा घाइतेलाई उपचारका लागि अगाडि पठाउन नसकिएको स्थानीयले जानकारी दिएका छन्। 

प्रकाशित: १४ जेष्ठ २०७५ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App