coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अोलीकै शब्दमा : सरकारका १०० दिन (भिडियो)

भिडियो सौजन्य: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा एउटा भिडियो तयार पारेका छन् । सय दिनमा सरकारले के के काम गर्यो भनि प्रधानमन्त्री स्वयंले नैे फेहरिस्त लगाएका छन्।

प्रधानमन्त्रीले यो सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोडेको चर्चा गर्दै फेरि कहिल्यै नउठ्ने गरि तोडिएको दावी गरेका छन्। सरकारले सुन तस्करहरुमाथि धावा बोलेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ’अब तस्कर माथिको कारवाही प्रारम्भ हो।’

भिडियो प्रस्तुतिमा पिन माइक लगाएर बोलेका प्रधानमन्त्रीले निकै उत्साहि हुँदै सरकारले गरेका काम सुनाएका छन्। उनको वाचनशैली बोल्ड देखिन्छ। कम्युनिष्टहरुको प्रोप्रोगान्डा शैली भनेर टिप्पणी गर्नेहरुलाई सघाउने शैलीको भिडियो प्रस्तुति तारिफयोग्य छ। प्रम्पटरमा हेरेर वाचन गरेका प्रधानमन्त्री कुनै व्यवसायिक टेलिभिजन प्रस्तोता भन्दा कम छैनन्।

काम नगरि ठूला परियोजना ओगट्ने ठेकेदार माथि पनि कारवाही सुरु गरिएको प्रधानमन्त्रीले बताए । उनले भनेका छन्, ‘ठेकेदारहरुले समयसिमा भित्र काम सक्नुपर्छ।’ वैदेशिक रोजगारीमा जाने सोझा साझा जनतालाई ठग्ने म्यानपावर दलालहरु माथि कठोर प्रहार सुरु गरेको पनि प्रधानमन्त्रीले बताएका छन्।  

रेल सपनाः चीन र भारतको सहयोग
प्रधानमन्त्रीले भनेका छन्, ‘रेल अहिले राष्ट्रिय सपना भएको छ। आउँदो भदौसम्ममा सम्पन्न गर्ने गरि केरुङ काठमाडौ, काठमाडौ पोखरा, पोखरा लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि चिनीयाँ पक्ष सहमत भएको छ । एक वर्षमा सम्पन्न गर्ने गरि काठमाडौ विरगञ्ज रेलमार्ग निर्माणका लागि भारत सहमत भएको छ।’

भिडियो प्रस्तुतिमा प्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्ध एवं भारतसँगको सम्बन्ध सुधार भएको, कमजोर बनेको राष्ट्रिय ढुकुटीलाई सबलीकरण गर्न विभिन्न प्रयासको थालनी भएको,  भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिएको,  सार्वजनिक विदा कटौटि गरि कार्यदिन थप गरिएको, मुलुकलाई लोडशेडिङ मुक्त गरिएको, बालवालिकालाई स्कुल भर्ना गर्ने अभियान थालनी गरिएको लगायतका कुरालाई सरकारका उपलब्धिको रुपमा चर्चा गरेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७५ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App