अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

सोमबार, १४ जेठ २०७५, १३ : ०४ नागरिक

काठमाडौं – स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताए।

बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

सरकारले वि.सं. २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही १० लाख आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ।

साथै, बैठकले शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए। रासस






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad