coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेखा खोलामा पुल बन्यो

 झापा- अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।

पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ।अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए। गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयवासी खोला भएर हिँड्न बाध्य थिए।

नगरपालिकाले चालू आवमा रु २५ लाख तथा बाँकी रकम आगामी आवको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत रु ५७ लाख ६२ हजार रहेको छ। स्थानीयवासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका– ९ का वडाध्यक्ष पुष्प प्रसार्इंले बताए। पुल निर्माणका लागि स्थानीयवासीको रु सात लाख ३५ हजार लागत रहेको छ।

पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसार्इंले पुलको आर्थिक आयव्यय प्रस्तुत गरेका थिए । पुलको लम्बाइ १० मिटर र चौडाइ छ मिटर रहेको छ। रासस

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App