coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढुंगेल ‘माफी’ प्रकरण, सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं – बालकृष्ण ढुंगेललाई सरकारले दिन लागेको कैद सजाय माफी रोक्न माग राखी दायर रिटको सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ। रिटमाथि पहिलो सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले छलफलका लागि आइतबार सरकारलाई बोलाएको थियो।

सोही अनुसार आइतबार सरकारका प्रतिनिधि महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिल बहसका लागि उपस्थित थिए। न्यायाधीश हरिकृष्ण कार्कीले आफूले ‘हेर्न नमिल्ने’ भनेपछि सोमबारका लागि पेसी तोकिएको हो। ‘म कतै न कतै जोेडिन्छु, त्यसैले हेर्न मिल्दैन’, न्यायाधीश कार्कीले इजलासमा भनेका थिए।

सर्वोच्च अदालतको फैसलाले जन्मकैदको सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार रिट निवेदन दर्ता गराएका थिए। उनले गणतन्त्र दिवसको अवसर पारेर कैदमुक्त गर्ने तयारी भइरहेको निवेदनमा उल्लेख गरेका छन्। माफी दिइएमा गणतन्त्र तथा राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठ्ने अवस्था आउने पनि निवेदनमा उल्लेख छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App